बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुग्लिनमा अस्थायी प्रहरी पोष्ट

मुग्लिनमा अस्थायी प्रहरी पोष्ट


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७७, सोमबार

तनहुँ, १५ भदौ– तनहुँको आबुँखैरेनी गाउँपालिका–४ मुग्लिनमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । गण्डकी प्रदेश छिर्ने नाकामा स्थापना भएको प्रहरी चौकीको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थलगत अवलोकन गरेका छन् ।
मन्त्री चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा अवस्थित रहेको उक्त प्रहरी कार्यालयको स्थापनाले प्रदेशकै शान्ति सुरक्षामा अहम् भूमिका निर्वाह गर्ने बताउँदै कोरना भाइरसको संक्रमणलाई थप फैलन नदिन सीमा नाकामा हुनुपर्ने चेकिङलगायत सुरक्षा सतर्कतामा थप सहजता प्रदान हुने विश्वास व्यक्त गरे । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उक्त प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->