सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सक्नेले दिने, नसक्नेले लैजाने अभियान

सक्नेले दिने, नसक्नेले लैजाने अभियान


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७७, सोमबार

बागलुङ, १५ भदौ– ‘सक्नेले दिएर जाउँ, नसक्नेले लिएर जाउँ’ भन्ने अभियान बागलुङमा पनि सुरु भएको छ ।
कोरोना कहरका कारण बेरोजगार बनेका मजदुर लक्षित गरेर लियो क्लब अफ बागलुङ कालिकाले यो अभियानमार्फत फुड बैंक चलाएको हो । यो अभियानमा सहयोग गर्ने क्रम आइतबारदेखि सुरु भएको छ ।
बागलुङ बजारको जिपपार्कमा थालिएको अभियानमा विभिन्न व्यक्तिले सहयोग दिन थालेका छन् । उक्त सहयोग जुटाएर क्लबले समस्यामा परेकाहरुलाई सहयोग पनि दिएको छ । क्लबका सचिव जनक सापकोटाका अनुसार, प्रशान्ती एग्रोका संचालक बसन्त कंडेल, जिपपार्क निवासी संजय श्रेष्ठ, रामजी सापकोटा, रबिन आचार्य, सुशान्त कृष्ण श्रेष्ठ, माया कंडेल, सुबास लिम्बु, दिप क्षेत्री, अमर थापा र दुर्गा थापालाई अभियानमा सहयोग गरिसकिएको हो ।
अहिलेसम्म यो अभियानमा ३६ जनाले सहयोग गरेका छन् । हातेमालो अभियानमार्फत मजदुरी गर्ने र दुई छाक खान नसक्नेलाई सहयोग गर्ने लक्ष राखिएको हो । दिनेले पनि प्रचारको लागि नभई सेवाका लागि दिएको बताए । हरेक व्यक्तिका लागि ३ केजी चामल, १ पोका तेल, आधा केजी दाल सहयोग गरिएको सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->