काठमाण्डौ, १५ भदौ– नेपालमा थप ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर आज महिला ३ सय ६ र पुरुष ५ सय ९६ जना थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार आज देशभर जम्मा ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ । आजसम्म पनि देशभरका क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन् । हाल देशभर सक्रिय संक्रमित संख्या १७ हजार ८ सय २२ जना छन् ।





