मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङ नगरमा थप ४८ घण्टा निशेधाज्ञा

बागलुङ नगरमा थप ४८ घण्टा निशेधाज्ञा


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७७, सोमबार

बागलुङ, १५ भदौ– जिल्ला संकट व्यवस्थापन समितिले बागलुङ नगरपालिकामा थप ४८ घण्टाका लागि निशेधाज्ञा बढाउन सिफारिस गरेको छ । समितिको सोमबार बसेको बैठकले थप दुई दिन निशेधाज्ञा बढाउनका लागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
बागलुङ नगरपालिकाको अनुरोध र सरोकारवालाको बैठकको निर्णयपछि जिल्ला सुरक्षा समितिले निशेधाज्ञा लगाउने निर्णयमा पुग्ने छ । यसअघि लगाईएको निशेधाज्ञा सोमबार राती १२ बजे सकिँदै छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार, सोमबार नै जिल्ला सुरक्षा समितिको बैठकले ४८ घण्टाको निशेधाज्ञा थप गर्नेछ । निशेधाज्ञामा बैंक, सहकारी संस्था, वित्तिय संस्था पनि पूर्ण रुपमा बन्द हुने बताइएको छ । अत्यावस्यक खाद्य तरकारीलगायतका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुलाउने उल्लेख छ ।
दुई दिनपछि भने विस्तारै खुकुलो बनाउँदै जानेगरि निशेधाज्ञा गर्न समितिले सिफारिस गरेको छ । संक्रमितको सम्पर्कमा आएका केहीको नतिजा आउन बाँकी रहेकाले दुई दिनका लागि निशेधाज्ञा थप गरेर त्यसपछि आवश्यक कदम चाल्ने विषयमा बैठकलमा छलफल भएको थियो ।
बागलुङ नगरपालिका वडा नं. १० का एक पुरुषको सम्पर्कमा रहेका झण्डै ७० जनाको रिपोर्ट आउन बाँकी छ । उनीहरुको रिपोर्ट पोजेटिभ आएमा थप कडाई हुने र नेगेटिभ आएमा निशेधाज्ञा खुकुलो हुने अनुमान गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->