शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना संक्रमित दमौलीकी युवतीको शिक्षण अस्पतालमा मृत्यु

कोरोना संक्रमित दमौलीकी युवतीको शिक्षण अस्पतालमा मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७७, बुधबार

दमौली, १७ भदौ – किड्नीको उपचारका लागि काठमाडौं गएकी व्यास- २ की एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । सुरुमा पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि पछि भने उनमा कोरोना संक्रमण देखिएको छ। पारिवारिक श्रोतका अनुसार व्यास-२ कालिका मार्गकी युवती यसअघि बाथको औषधि सेवन गर्थिन् ।
उनका बुवाका अनुसार बिरामी परेपछि उनलाई भाद्र ४ गते काठमाडौंको अल्का अस्पताल लगिएको थियो । अल्काले किड्नी फेल भएको र अवस्था जटिल भएको भन्दै १६ गते बिहान त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो । उपचारका क्रममा बुधबार त्यहीं उनको मृत्यु भएको बताइएको छ ।
परिवारका अनुसार अघिल्लो दिन लिइएको स्वाबको नतिजा बुधबार बिहान पोजिटिभ आयो भनेर चिकित्सकले जानकारी गराएका थिए । उनको राजधानीमा सेनाले बुधबार नै अन्त्येष्टि गरेको बताइएको छ । व्यास-२ का वडाध्यक्ष काशिराम श्रेष्ठले युवतीको निधनपछि परिवारका तीन सदस्य होम आइसोलेसनमा रहेको बताए। उनका परिवारका अन्य सदस्य पहिल्यै घरबाहिर रहेको समेत उनले जानकारी दिए । ‘उहाँहरु अरुसँग बेग्लै हुनुहुन्छ, ‘उनले भने, ‘अब केही दिनपछि पीसीआर संकलन गछौं ।’ मृतक युवतीका बुवाको कोरोना परीक्षण नभए पनि आमाको भने यसअघि नतिजा नेगेटिभ आएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->