चालु आर्थिक बर्षमा कुल ग्राहस्थ उत्पादनको २७.०८ प्रतिशत कृषि क्षेत्रको योगदान रहेको तथ्याङ्क छ । पर्यटन उद्योग जस्तै अन्य सेवाका क्षेत्रभन्दा पनि बढी कृषिको योगदान हुदा यो क्षेत्र सधैं उपेक्षित बन्नु बिडम्वना हो । संसार कोभिड १९ को महामारीबाट प्रभावित भएको बेला कृषि उत्पादनको महत्व बढ्दै गएको छ । जस्तासुकै महामारीका बेला पनि मानवजीवनको अभिन्न बनेको खाद्य तथा औषधिजन्य पदार्थको उत्पादनको महत्व बढिरहेको छ । कृषिको महत्व बुझेर नै वर्तमान सरकारले अहिले व्यावसायिक खेती गर्ने कृषकहरुलाई अनुदान समेत दिदैआएको छ । देशमा यतिबेला मलको हाहाकार रहेको छ । किसानहरुले बालीमा मल हाल्नुपर्ने बेलामा मल अभाव छ । मलको प्रयोग बिना बाली सप्रिदैन, उत्पादन घट्छ । कोरोनाका कारण दशभर लकडाउन छ । सरकारले मल ल्याउन शारदा अधिकारी शैलुङ ( जो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरबेटी हुन् ।) र हुमनाथ कोइरालाको होनिको मल्टिपल कम्पनीले मल ल्याउन ठेक्का दिएको थियो । तर, अहिले त्यो ठेकेदार कम्पनीले काम नगरेका कारण कृषकहरु आफ्नो बालीमा मल हाल्न नपाएर चिन्तित बनेका छन् । अनुभवहीन ठेकेदारकाले गर्दा सरकारले मल पैँचो माग्नु पर्ने अवस्था सृजना भएको छ । नेकपा अध्यक्ष दाहालका घरबेटी अधिकारी निर्माण क्षेत्रमा धेरै आयोजना अलपत्र पर्दै आएका ब्यक्ति हुन् । कोइरालापनि निर्माण क्षेत्रका काम अलपत्र पार्नमा नामुद ठेकदार मानिन्छन् । उनीहरुले भदौ २० गतेसम्म २५–२५ टन मल ल्याउनुपर्ने थियो । तर अहिलेसम्म ल्याउने कुनै तरखर छैन । घरबेटी ठेकेदारहरुले मल बेलैमा नल्याए पछि कृषकहरुको समस्यालाई बेलैमा सम्बोधन गर्न प्रधानमंत्री केपी शर्मा ओली स्वयं अग्रसर हुनु भएको छ । मलको हाहाकार बढे पछि सरकारको तर्फबाट प्रधानमन्त्री स्वयंले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग रासायनिक मल (युरिया) र अन्य दुई पक्षीय सहयोग आदानप्रदान बारे छलफल गर्नुभएको थियो । सरकारले हिजोमात्रै ५० टन मल पैंचो मागेको छ र त्यो केही दिनमा नेपाल आउछै । जसले गर्दा किसान अहिलेदेखि नै मल लिनका लागि देशका विभिन्न जिल्लामा लाइनमा बसीरहेको दृष्य देख्न पाइन्छ । कोभिड–१९ को महामारी बीच भीडभाड गर्नु यो उपयुत्त समय पक्कै होइन । मल बितरणको कार्यका वडा कार्यलयको तह म्म पु¥याउनु पर्दछ । यो परिस्थीतिमा लाईन मै बस्नु पर्ने बाध्यता भए पनि सबैभन्दा उत्तम उपाय भनेको सामाजिक दूरी, मास्क र बेला बेलामा सावुनपानीले हात धुने वा स्यानिटाइजर लगाउने हो ।
मुलुकमा ठूलठूला राजनैतिक हस्तीहरुले कृषि मन्त्रालयको जिम्मेवार सम्हाली सकेका छन् । बिगतमा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पनि कृषि मंत्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यो बेला पनि मलको अभाव नदेखिएको होइन । रासायनिक मलको कारखाना खोल्ने कतै पनि प्रयास भएन । झलनाथ खनालपछि काग्रेसकी प्रभावशाली नेतृ शैलजा आर्चायले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरिन् । उनि कृषिमन्त्री हुँदा भ्रष्टाचारको गन्ध छ भनेर खनाल बसेको कुर्सी समेत फेरिन् । कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले पनि कृषि मंत्रालयको जिम्मेवारी पाइसकेका हुन् । बिगतमा कृषिमंत्री हुदा पद्मसुन्दर लावती भ्रष्टाचार मुद्धामा अख्तियारमा बयान दिन झण्डा हल्लाउँदै गाडीमा गएका स्मृतिमा ताजै छन् । यति ठूलठूला हस्ती हुँदा पनि आजसम्म पनि मलको हाहाकार बढ्नु, बेलैमा मल ल्याउन नसक्नु कारखाना खोल्न नसक्नु, भष्टाचार मौलाउनु बिडम्बनाको विषय हो । यो बेथिति कहिलेसम्म ! कमसेकम विद्धान मन्त्रीज्यूको पालमा त प्रणालीको बिकास गर्न सक्नु प¥यो नि । विद्धता छाँटेजस्तो मत्रालय चलाउन, अनि बिचौलियाको जालो चिर्न कहाँ सजिलो हुन्छ र मन्त्रीज्यू ? काम गर्नेलाई दोष थुपारेजस्तो सजिलो पनि छैन ।
अहिले संचार माध्यमको हट केक बन्नुपर्ने घरबेटी ठेकेदार शारदा अधिकारी शैलुङले बेलैमा मल नल्याएर हाहाकार भएको बिषय । ओम्नीले ग्रुपले स्वाथ्य सामग्री ल्याएको विषय जत्तिकै प्राथमिकतामा पर्ने हो । तर किसानले बेलैमा मल नपाएको बिषय संचार माध्यममा उपेक्षित बनेको छ । कसैले पनि किसानका समस्याबारे कलम चलाउन मन देखाउँदैनन । कुनै ठेकेदारले सरकारी ठेक्का नपाएकोमा सरकारबिरुद्ध ठेक्का पाएकाहरुलाई जोडेर लेख्ने चलन बढेको छ । संचारमाध्यमले सबै सुचनाका स्रोत त्यहि ठेकदारलाई आधार मानेर लेख्छन् । जुन समाचार एक पक्षीय र स्वार्थ प्रेरित ढंगबाट गरिएको हो । स्वास्थ्य मंत्रालयले स्वास्थ्य सामाग्री खरिद गर्नका लागि दिएको ठेक्कामा प्रधानमंन्त्रीको नजिक बनाएर हुदै नभएको कहानी जोडेर समाचार लेख्नु एकदमै पूर्वाग्रहीपूर्ण काम हो । यो कुरा अहिलेको घटनाले साबित गरेको छ । कृषि मंत्रालयले अनुभवहिन ठेकदार शारदाप्रसाद अधिकारीलाई दिएको ठेक्का पनि गलत थियो भनेर संचार माध्यममा समाचार किन आउन सकेन । कृषकको समस्या, ठूला भनिने संचारमाध्यको प्राथमिकतामा नपरेकै हुन त ? यो कृषकको बिषय मात्रै होईन सुशासनसंग जोडिएका मुद्धा पनि हो । बास्तवमा अहिले केहि ठूला भनिने संचार माध्यमले राज्य कमजोर बनाउन आफ्नो सम्पादकिय र प्रकाशकिय स्वार्थका लागि समय खर्चिन्छन् । बिचौलियाको सुचना श्रोतलाई आधार मानेर समाचार लेख्ने गर्छन । जस्ले देशको बिकासका गतिबिधीमा समेत भाजो हाल्ने काम गरेको छ ।
कृषि क्षेत्रको यो बेथिति कहिलेसम्म ? कमसेकम विद्धान मन्त्रीज्यूको पालमा त प्रणालीको विकास गर्न सक्नु प¥यो नि । विद्धता छाँटेजस्तो मत्रालय चलाउन, अनि बिचौलियाको जालो चिर्न कहाँ सजिलो हुन्छ र मन्त्रीज्यू ?
ठेकेदार तथा बिचौलियाहरुले नभएको क्षमता छ, काम सम्पन्न गर्नसक्छु भनेर पछि अलपत्र पारेका घटनाहरु प्रसस्तै छन् । यति हुदा पनि संचार माध्यम कस्का लागि काम गरिरहेका छन् । यदि मुलुकको हित हेर्ने संचार माध्यम हो भने आरोप मात्रै किन लेख्ने तथ्य र प्रमाण सहित आउनु पदैन र ? बिचौलिया स्वार्थको पछि लागेर जो कोहिलाई पनि बद्नाम गराउने गरेको पाइन्छ । त्यसको प्रत्यक्ष मारमा खेपेका पूर्वसुचना प्रबिधी तथा संचारमंत्री गोकुल बास्कोेटा हुन् । उनलाई बिचौलियाको भनाइका आधारमा बद्नाम गराइयो । अहिले टेप सनाखत गर्न अख्तियारले बोलाउँदा ती बिचौलियाको भागाभाग छ । सरकारले सेक्युरिटी प्रेस ल्याउदा ती बिचौलियाको कमिशन बन्द हुने देखेपछि कसै गरे पनि खरिद प्रक्रिया अगाडी बढे पछि उनले मन्त्रीलाई बद्नाम गराए । संचार प्रबिधीको दुरुपयोग गरी डिजीटल मेनुपुलेशन गरियो । संचार माध्यमले उठाउनु पर्ने विषय कहिल्यै पनि नउठाउने र सरोकार नभएको बिषय स्वार्थपूर्ण ढंगबाट ब्यापारी र बिचौलियाहरुलाई साथ दिने गरेको पाईन्छ । अहिले अर्थमंत्री डा. युवराज खतिवडा संचारमाध्यमको समेत तारो बनेका छन् । भ्रष्ट ब्यापारी र बिचौलियाहरुको आवाज संचारमाध्यमले बोलिरहेको छ । अर्थमन्त्री हटाउने खेलमा नेताहरुलाई उचाल्ने काम गरेका छन् । नेताहरु बिच एक आपसमा द्धन्द्ध श्रृजना गर्ने खेलमा लागेका छन् । अर्थमंत्री डा. खतिवडालाई राष्ट्रियसभामा जान नदिने प्रयत्नमा पार्टी कै नेताहरुको समेत व्यापारिक स्वार्थसंग गासिएको छ । जवकि मुलुक बनाउने र प्रणालीको बिकास गर्ने हो भने डा. खतिवडा अर्थमंत्रीको रुपमा अपरिहार्य ब्यक्ति हुन् । बिगतमा नेपाल राष्ट्रबैंकको गर्भनर, योजना आयोगका उपाध्यक्ष समेत रहनु भएका जस्ले अन्तराष्ट्रिय समुदायसंग आफै डिल गर्ने हैसियत राख्छन् । अहिले सम्म नेपालका केहि मात्र त्यस्ता अर्थमंत्रीहरु छन् । राजनैतिकका साथै प्राबिधीक ज्ञान समेत हासिल गरेका छन् । यसरी अहिले मिडीयाले समग्र राष्ट्रिय हित भन्दा झिनो ब्यापारिक र बिचौलिया हितको पछि लागेर आफ्नो संचार माध्यमको दुरुपयोग गरिरहेको छ । जीडीपीमा अरु सेवा जत्तिकै योगदान पु¥याएको कृषि कम से कम महामारीका बेला संचारमाध्यमको आखामा पर्नु पर्छ । यहा भएका बिकृति बिसंगतिहरु निस्वार्थ ढंगबाट सार्वजनिक हुन जरुरी छ । स्वार्थ प्रेरित ढंगबाट भ्रम छर्न उठाइएका बिषयहरु मिडिया सचेत पाठकहरुले अवश्य बिश्लेषण गर्ने र मन परेका मिडिया रोज्ने नै छन् ।





