मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

ढोरपाटनका पीडितलाई दिपक मनाङ्गेको सहयोग

ढोरपाटनका पीडितलाई दिपक मनाङ्गेको सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७७, मंगलबार

पोखरा, २३ भदौ– गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गुरुङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
भदौ १७ गते बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलाको बाढीले घरबारविहिन परिवारको पुनस्थापनामा सहयोग पु¥याउनको लागि सहयोग गरेको गुरुङले बताए । गुरुङले पठाएको सहयोग रकम प्रतिनिधि योगेश भण्डारीले नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन तथा प्रमुख प्रसाशकिय अधिकृत धनप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए । गुरुङ मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गर्छन् ।
राहत रकम बुझ्दै नगरप्रमुख देवकुमार नेपालीले तत्कालको लागि खाद्य सामग्री, लत्ताकपडा धेरै संघसस्थाबाट प्राप्त भएकोले सकेसम्म राहत कोषमा आर्थिक सहयोग जुटाउने अभियानमा आफुहरु लागेको जानकारी गराएका थिए ।
साथै, मनाङ जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने राजिब गुरुङको सहयोगले शोकलाई शक्तिमा बदल्न सहयोग मिलेको नगरप्रमुख नेपालीले बताए । एकद्वार प्रणालीबाट उचित व्यवस्थापनसहित राहत वितरण भैरहेको र अब कोषलाई प्रभावकारी बनाएर पुनस्थापनमा जुट्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->