आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खैरेनीटारमा फलफुल व्यपारीलाई कोरोना, ३८ पसल सिल

खैरेनीटारमा फलफुल व्यपारीलाई कोरोना, ३८ पसल सिल

‘आर्मीको ब्यारकेमा पनि त्यहीबाट फलफुल लाने गरेको पाईयो । ब्यारेकबाट संक्रमितको सम्पर्कमा आएकाको पहिचान हुदैँछ’


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७७, बिहिबार
खैरेनीटारस्थित खैरेनी माविको सटरलाईन । तस्बीर: ढोरपाटन

खैरेनीटारस्थित खैरेनी माविको सटरलाईन । तस्बीर: ढोरपाटन

तनहुँ, २५ भदौ – तनहुँको खैरेनीटार बजारमा फलफुल पसल सञ्चालन गर्दै आएकी महिलालाई कोरोना संक्रमण देखिएपछि यहाँका ३८ पसल शिल गरिएको छ । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माविको सटरलाईनमा पसल सञ्चालन गर्ने ३० बर्षिया महिला संक्रमित भएकी हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनलाई विहीबार दिउँसो संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
ज्वरो देखिएपछि सटरलाइनमै रहेको मेडिकलमा उपचार गराउदा निको नभएपछि उनी पोखरा गएकी शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । उनको पसलको आसपासमा रहेका ३८ वटा पसल सिल गरिएको उनले जानकारी दिए ।
स्वास्थ्य शाखाले ती महिलाको सम्पर्कमा आएकाहरुको पहिचान गरेको छ । ३७ जना सम्पर्कमा आएको श्रीवास्तवले जानकारी दिए । ‘आर्मीको ब्यारकेमा पनि त्यहीबाट फलफुल लाने गरेको पाईयो । ब्यारेकबाट संक्रमितको सम्पर्कमा आएकाको पहिचान हुदैँछ’, उनले भने । कन्ट्याक ट्रेसिङमा परेकाको शुक्रबार विहान पिसीआर परिक्षणका लागी स्वाब संकलन गर्ने उनले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->