बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

खानेपानी संस्थान पोखराका कर्मचारी घुससहित पक्राउ

खानेपानी संस्थान पोखराका कर्मचारी घुससहित पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७७, बिहिबार

पोखरा, २५ भदौ– पोखराको खानेपानी कार्यालयमा कार्यरत एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कृष्णहरि वाग्लेलाई अख्यिारले २५ हजार घुस सहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले उनलाई बगर ट्याक्सीचोकस्थित १ रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको जनाएको छ । वाग्ले करारका कर्मचारी हुन् । खानेपानी उपभोग गरेबापत खानेपानी शुल्क तिर्न जाँदा उपभोक्तासँग विभिन्न बहानामा वाग्लेले घुस मागेका थिए । सोही उजुरीको आधारमा उनलाई रंगेहात नियन्त्रणमा लिएको आयोग पोखरा कार्यालयका प्रबक्ता तारानाथ अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->