बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उकालोमा ब्याक भएर जिप पल्टियो, १८ जना घाईते

उकालोमा ब्याक भएर जिप पल्टियो, १८ जना घाईते


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०७७, शुक्रबार

तनहुँ, २६ भदौ– तनहुँको दुलेगौँडा हर्कपुर मोटरमार्गमा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित १८ जना घाईते भएका छन् । शुक्लागण्डकी नगरपालिका–३ हटियामा दिउँसो तीन बजेतिर ग १ ज ६०१९ नम्बरको यात्रुवाहक जिप सडकमा पल्टिएको थियो ।
दुलेगौँडा बजारदेखी व्यागनतर्फ जाँदै गरेको जिपमा सवार सात जना बालबालिकासहित १८ जना घाईते भएको ईलाका प्रहरी कार्यलय बेलचौताराको प्रमुख प्रहरी निरिक्षक जगदीश रेग्मीले जानकारी दिए । उनका अनुसार, घाईतेको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भईरहेको छ । घाईते सबैको अवस्था सामान्य छ ।
‘उकालोमा जिपको पिकअप टुटेछ, ब्याक गर्दा पल्टिएको खुलेको छ’ रेग्मीले भने । उत्तानो परेर जिप सडकमै पल्टिएकाले ठुलो मानविय क्षति हुन नपाएको उनको भनाई छ । वर्षाले बाटो बिग्रदा दुर्घटना निम्त्याएकाृ स्थानिय प्रत्यदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->