बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फार्ममा पसेको चितुवा नियन्त्रण गर्न विशेषज्ञकोे टोेली आउँँदै

फार्ममा पसेको चितुवा नियन्त्रण गर्न विशेषज्ञकोे टोेली आउँँदै


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०७७, शुक्रबार

म्याग्दी, २६ भदौ– म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा हरियाली गु्रपले संचालन गरेकोे कालिज फार्ममा पसेको चितुवालाई नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जबाट विशेषज्ञकोे टोली आउने भएको छ ।
चितुवालाई नियन्त्रणमा लिन नसकेपछि चितवनबाट विशेषज्ञ बोलाइएको हो । बिहीबार राती फार्मभित्र पसेर कालिज खाएपछि बाहिर निस्कन नसकेको चितुवालाई बेनीमा उपलब्ध प्राविधिकसहितको टोलीले नियन्त्रण गर्न नसक्ने अवस्था देखिएपछि निकुञ्जबाटै टोली मगाइएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताए । ‘पत्र पठाइसकिएको छ, त्यहाँबाट टोली प्रस्थान गरेकाले शनिबारमात्रै उद्धार हुन्छ’ खनालले भने ।
निकुञ्जको टोलीले डाट्रिङ बन्दुकको सहायताले औषधिको प्रयोग गरि सिरिन्ज प्रहार गरी लठ्याउन सकिने र त्यसपछि नियन्त्रणमा लिई सामुदायिक वन क्षेत्रमा लगेर छाडिने निमित्त प्रमुख खनालको भनाइ छ ।
फार्मभित्र पसेको चितुवाको वरिपरी धेरै भीडभाड नगर्नसमेत अनुरोध गरिएको छ । नजिकै मान्छे जाँदा आक्रमण गर्न खोज्ने भएकाले चितुवालाई बस्ती आसपासका क्षेत्रमा छोड्न नहुने प्राविधिक टोलीको भनाई छ । ‘मानवमाथि अक्रमण गर्ने नरभक्षी चितुवाजस्तै देखिन्छ, ‘यसलाई जिल्ला बाहिर नै लगेर छोड्ने सुझाव दिन्छौ’ डिभिजन वन कार्यालयका निमित्त प्रमुख खनालले भने ।
चार सय ५० वटा कालिजहरु पालिएको फार्मभित्र चितुवा पसेपछि आसपासका क्षेत्रमा बासोबास गर्ने स्थानीय त्रसित भएका थिए । फार्मभित्र पसेको चितुवाले कालिज मारेर खाएको भएपनि कति संख्यामा कालिज मारेको भन्ने एकिन नभएको फार्मका प्रवन्ध निर्देशक शेरबहादुर केसीले बताए ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयको टोलीले चितुवालाई बस्तीमा आउन नदिने गरी फार्मभित्रबाट बाहिर आउने सबै बाटो बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->