बागलुङ, २८ भदौ– आइतबार बिहान अविरल वर्षासँगै आएको पहिरोमा परि बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता एक महिलाको शव भेटिएको छ । जैमिनी नगरपालिका–५ बिनामारेमा पहिरोमा बेपत्ता ुभएकी ७० जालपादेवि पौडेलको शव भेटिएको हो ।
यस अघि वडा नं. १ कुश्मीशेराको टुनिबोटकी ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियोे । जैमिनीमा आईतवार पहिरोमा मृत्यु भएका दुवै बृद्धको पोस्टमार्टमको तयारी भैरहेको छ । टुनीवोटका ८७ वर्षीय मणिभद्र पाध्याको घाइते अवस्थामा उद्धार गरिएको छ । छोरी देवी शर्मा सामान्य घाइते छन् । उनीहरुको प्राथमिक स्वास्थ्यकेन्द्र कुश्मीशेरामा उपचार भैरहेको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।
बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजाली सहितको पहिरोले टुनीबोटका तीन घरमा क्षति पु¥याएको स्थानीय केदार पौडेलले बताए । बागलुङको जैमिनी नगरपालिकामा चार घर पुरेको छ । दुईघर बिस्थापीत भएको नगर उप–प्रमुख लिला रानाले बताए ।
टुनीबोटमा केही पशु चौपायासमेत मरेका छन् । पहिरोले तीनवटा गोठमा समेत क्षति पु¥याएको छ । वर्षा नरोरिएकाले उद्धारमा कठिनाई भैरहेको पौडेलले बताए । पहिरोको थप विवरण आउन बाँकी छ । जैमिनी नगरपालिका–५ बिनामारेको सिम्लेमा पहिरोले एक घर निलकण्ठ पौडेलको परीवारका अन्य ६ जना घाईते भएका छनु । बाँसको झ्याङ्गले अठ्याएको अवस्थामा परिवारका अन्य ६ जनाको उद्धार गरिएको वडाध्यक्ष गोपाल पौडेलले बताए । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा उपचारका लागि पठाइएको छ । जैमिनीको दुबै वडामा गएको पहिरोको मुख्य कारण सडक निर्माणका क्रममा बनाइएका संरचना भएको स्थानीयले बताएका छन् ।






