पोखरा, २९ भदौ– विश्व शान्ति स्तूप, अनदू, मिनथुम्की, पोखराको ११ औ बार्षिक साधारणसभा तथा पाँचौै अधिवेशनले उत्तममान बुद्धाचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको विधान अनुरूप सर्वसम्मत अध्यक्ष र १० सदस्य निर्वाचित भएका हुन् भने अध्यक्षबाट दुई जना सदस्य मनोनीत गरि १३ जनाको कार्यकारिणी समिति गठन गरिएको हो ।
यसैवीच उत्तममान बुद्धाचार्यको अध्यक्षतामा तत्काल बसेको बैठकले आपसी सल्लाहमा नयाँ कार्यसमितिको पद विभाजन गरिएको छ । उपाध्यक्ष अशोक गुरूङ, सचिव प्रकाशमान उदास, कोषाध्यक्ष अशोकमान बुद्धाचार्य, सहसचिव चमबहादुर गुरूङ र सहकोषाध्यक्ष अनिल रत्न बुध्दाचार्य चयन भएका छन् । सदस्यहरूमा खेमराज पौडेल, कृष्णमान गुभाजू, गोविन्द ताम्राकार, मनबहादुर गुरूङ, दुर्गा बहादुर गुरूङ, राजकुमारी गुरूङ र जमुना गुरूङ रहेका छन् ।
प्रकाशमान गुभाजू निर्वाचन संयोजक रहनुभएको निर्वाचन समितिमा सदस्यहरू क्या. भुवनसिं गुरूङ र सुवेदार यमबहादुर गुरूङ रहेका थिए । विश्वशान्ति स्तुप समिति निवर्तमान अध्यक्ष एवं निर्वाचन संयोजक प्रकाशमान गुभाजूले घेरूवामा दिप प्रज्वलन गरि कार्यक्रम उदघाटन गर्नु गरेका थिए । शंकर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तममान बुद्धाचार्यले स्वागत मन्तब्य, सचिव अशोक गुरूङले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोकमान बुध्दाचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०३० साल भदौ २७ गते पूर्णिमाको दिन निप्पोनजान म्योहोजी जापानका संस्थापक फूजी गुरूजी ,अनगारिका गुरूमा धर्मशीला र पूर्व मन्त्री मीनबहादुर गुरूङले विश्व शान्ति स्तूपको शिलान्यास गरेकाम थिए । स्तुप पोखराको प्रसिद्ध धार्मिक र पर्यटकी स्थल हो ।




