शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खेल राम्रोसँग बुझेका व्यक्ति कमै मात्रामा खेलकुदको क्षेत्रमा छन् : किरण गुरुङ

खेल राम्रोसँग बुझेका व्यक्ति कमै मात्रामा खेलकुदको क्षेत्रमा छन् : किरण गुरुङ

ईन्द्रलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७७, बुधबार

पोखरा, ३१ भदौ–  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेलकुदको क्षेत्रमा अझैपनि खेल गतिविधिलाई राम्रोसँग बुझेको व्यक्ति नभएको बताएका छन । मन्त्री गुरुङले खेलकुदको विकासको लागि दक्ष अनुभवि तथा खेलकुदप्रति जानकारयुक्त व्यक्तिको खाँचो भएको बताए । ‘खेलकुद क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ, खेल प्रशिक्षकदेखि लिएर पदाधिकारीसम्म खेल राम्रोसँग बुझेका व्यक्ति कमै मात्रामा छन्’, उनले भने,‘ अबको विधानले सम्भवत ः खेलकुदलाई न्याय दिनेछ ।’ खेलकुदमा सरकारले ध्यान दिन नसकेको उनले स्वीकारे । ‘घाँटी हेरी हाड निल्नुपर्छ । सरकारबाट खेलकुद उपेक्षित भएको छैन । आवश्यक बजेट विनियोजन गरी योजना बनाउन नसकेको मात्र हो’, उनले भने,‘यसका लागि तपाईँहरुले पहल गर्न आवश्यक छ ।’ खेल बलले नभई बुद्धिको प्रयोग गरेर जित्न सकिने हुदाँ खेलाडी तथा प्रशिक्षकहरुले खेल कौशल बढाउनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा क्लबका अध्यक्ष केवशबहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकालीलगायतले आफ्नो भनाइ राखेका थिए ।
ईन्द्रलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

पत्रकार ईन्द्र पौडेल सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । क्लबले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा मंगलबार कान्तिपुरकर्मी पौडेललाई यसअघि घोषित पुरस्कारबाट सम्मानित गरेको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पौडेललाई नगद २० हजार ५०० रुपैयाँ, ताम्रपत्र तथा दोसल्लाले सम्मानित गरे ।
सोही अवसरमा क्लबका सदस्य प्रकाश राना पनि सम्मानित भए । सदस्य रानालाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पत्रकार पौडेललाई सम्मानको लागि सिफारिस गरेको थियो । क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकूदको विकासमा योगदान पु¥याउने र विशेषगरी खेलकूद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । पौडेल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव तथा खेलकूद पत्रकार मञ्च गण्डकीका सदस्यसमेत हुन् । सम्मानित हुदै पत्रकार पौडेलले सम्मानले आफ्नो जिम्मेवारी थप बढाएको बताए । यसअघि सो पुरस्कारबाट पोखराका १४ जना क्रियाशील पत्रकार एवं सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->