आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीका कोरोना संक्रमितहरु घरमै

गण्डकीका कोरोना संक्रमितहरु घरमै


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७७, शनिबार

पोखरा, ३ असोज– गण्डकीमा शुक्रबार कोरोनाका ५६ जनामा संक्रमण देखिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार नवलपरासीको देवचुली ११ का ३१ वर्षीय पुरुषको गएराती चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । उनी भदौ २५ गते अस्पताल भर्ना भएका थिए । मृगौलाको रोगी भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ । गण्डकीमा नवलपरासीमा ३४, कास्कीमा १७, तनहूँमा ४, स्याङ्जा १ जना संक्रमित थपिए । हालसम्म गण्डकीमा संक्रमितको संख्या जम्मा ३ हजार ३ सय ३६ पुगेको छ भने कोरोनाबाट गण्डकीमा ३२ जनाको मृत्यु भइसकेको छ ।
संक्रमण बढ्दै गर्दा गण्डकीमा होम आइसोलेसनमा बस्नेको संख्या ह्वात्तै बढेको छ । गण्डकीमा ३१६ जना होम आइसोलेसनमा रहँदा कास्कीमा मात्रै २०७ संक्रमित घरमै छन् । नवलपरासीमा ६४, तनहुँमा २३, बागलुङमा १, गोखरामा २१ जना होम आइसोलेसनमा रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाए । गण्डकीमा गम्भीर प्रकृतिका ६ जना विरामी आइसीयूमा छन् भने ५०९ जना क्वारेण्टिनमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->