पोखरा, ३ असोज – सरकारले संविधान दिवसको अवसर पारेर ढोरपाटन राष्ट्रिय दैनिकका सम्पादक हरिनारायण गौतम सहित गण्डकी प्रदेशका ४२ जनालाई विभिन्न पदकले सम्मान गरेको छ । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । सम्पादक गौतम सुप्रवल जनसेवाश्री (पञ्चमश्रेणी) बाट सम्मानित भएका छन् । संविधान दिवसको अवसरमा गण्डकी प्रदेशका अन्य ४१ जना पनि विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित भएका छन् ।
गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार यस बर्षको संविधान दिवसको दिन मानपदवी, अलंकार र पदक पाउनेहरु गण्डकी प्रदेशका ४२ जना छन् । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ्ग लामा गुरुङ, कास्कीको रुपा गाउँपालिकाका साहित्यकार रामबाबु सुवेदी, पर्वतको मोदी गाउँपालिकाका समाजसेवी रविन्द्रजंग लामिछाने, उच्च अदालत पोखराका न्यायधिश किशोर सिलवाल, ढोरपाटन नगरपालिका बागलुङका प्रमुख देवकुमार नेपाली र मुख्यमन्त्रीको कार्यालयका सचिव दलबहादुर अधिकारी सुप्रवल जनसेवाश्री (तृतिय श्रेणी)बाट विभुषित भएका छन् । म्याग्दीका पर्वतारोही निर्मल पुर्जा कीर्तिमानी राष्ट्र दीपचर्तुथबाट सम्मानित हुँदैछन् ।
लमजुङकी गायिका देवीमाया थापा गुरुङ, बागलुङका पत्रकार शुभशंकर कँडेल, लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, गोरखाकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री), प्रदेश ट्राफिक प्रहरी प्रमुख कृष्ण बहादुर कार्की, प्रदेश लोक सेवा आयोगका प्रमुख कृष्ण प्रसाद आचार्य, कृषि ज्ञान केन्द्र गोरखाका मनिता थापा, आँधीखोला गाउँपालिका ६ का अध्यक्ष कृष्णप्रसाद ढकाल, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारी, गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयका शाखा अधिकृत विकास थापा र अधिकृत छैटौं राममणी ढुंगाना तथा स्वास्थ्य कार्यालय स्याङ्जाका सिनियर अहेव नारायणबन्धु अर्याललाई सुप्रबल जनसेवाश्री (चतुर्थ) प्रदान गरिएको छ ।
यस्तै, लमजुङका समाजसेवी ऋषिराम पौडेल, मुस्ताङका कृषक कर्म गुरुङ, नवलपुरका गायक कृष्ण काफ्ले, नवलपरासिकै समाजसेवी लालकृष्ण देवकोटा, कास्कीका साहित्यकार सुर्य बहादुर खड्का, सिंचाई कार्यालय स्याङ्जाका नासु शिवलाल शर्मा, मालपोत कार्यालय बागलुङका लेखापाल गोविन्द शर्मा, मुस्ताङका सैनिक महेन्द्र बहादुर गोदार, पोखराका सैनिक युनिक अम्माइ र जिल्ला प्रशासन कार्यालय स्याङ्जाका श्रेणीबिहिन पाँचौ रामचन्द्र गिरीलाई सुप्रवल जनसेवाश्री (पञ्चम) प्रदान गरिएको छ । म्याग्दीका समाजसेवी सुरत केसीलाई अलंकार राष्ट्र यशोवद्र्धक प्रदान गरिएको छभने कास्कीकी मिना गुरुङ र मनाङका लोकेन्द्र बहादुर घलेलाई समाजसेवा रत्न प्रदान गरिने भएको छ ।
यस्तै, स्वास्थ्य प्रहरी पोखराका टोप बहादुर ढाँगीलाई नेपाल प्रताप सुभुषण प्रदान गरिएको छ । बागलुङको नं २३ बाहिनीका प्रमुख सेनानी वाणिराज खनाल र मुस्ताङका सेनानी रुपकजंग थापालाई अतिपौरख भाष्कर प्रदान गरिएको छ । नं ३ बाहिनी तनहुँका अमल्दार लक्षुमण थापा र म्याग्दीका सेनानी सुरेश देवकोटालाई महापौरख भाष्कर प्रदान गरिएको छ । म्याग्दीका प्रमुख सेनानी खड्ग सिंह भण्डारीले नेपाल प्रताप भुषण पाएका छन् । गौरीबक्स गुल्म विजयपुर पोखराका संजिव ओझाले सुकीर्ती पदक पाएका छन् । विभूषण, अलंकार र पदक राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुनेछ ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदैछ ।
यसवर्ष संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १६ जना पत्रकार छन् । संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ । कोभिड–१९ महामारीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले देशभर ५९४ जनाको नामावली विभुषण, अलंकार र पदक पाउनेहरुको सूचीमा छ । गृहमन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।





