बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भीमापोखरामा गोठ भत्किदा एक जना बेपत्ता

भीमापोखरामा गोठ भत्किदा एक जना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७७, बुधबार

फाइल तस्बिर

बागलुङ, ७ असोज– निरन्तरको वर्षाले गोठ भत्किदा बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ पालामा एक जना सम्पर्कबिहिन भएका छन् । गोठमाथिबाट पहिरो खस्दा भीमापोखराका टेक बहादुर खाती सम्पर्कविहिन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
घटनास्थलमा उद्वारका लागि अछेते प्रहरी चौकीबाट प्रहरी पुगिसकेको र थप उद्वारका लागि प्रहरी निरिक्षक दिपक रिजाल नेतृत्वको टोली घटनास्थलतर्फ लागेको रेग्मीले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
यसैबीच, वर्षाका कारण काठेखोला गाउँपालिकाकै वडा नं. ३ धम्जाको माझकटेरामा हिरा बहादुर भण्डारीको गोठ भत्किएको छ । गोठ भत्किएपछि त्यहाँ बस्दै आएका भण्डारीका बुहारी जमुना भण्डारी र उहाँका छोरा छिमेकीको घरमा आश्रय लिएर बसेको धम्जाबाट बाबुराम भण्डारीले जानकारी दिएका छन् ।
यस्तै, बडिगाड गाउँपालिकाको खर्वाङ बजार माथिबाट पहिरो खस्दा ३ घर जोखिममा परेका छन् । पहिरोले मध्यपहाडी लोकमार्गको छेउमा रहेका बाबुराम जिसी, सिता खत्री र टक बहादुर काउचाको घर जोखिममा परेको खर्बाङबाट सहकर्मी कमल पौडेलले जानकारी दिनुभएको छ ।

यसअघि प्रकाशित समाचारमा भीमापोखरा हुनुपर्नेमा पाला भएकोमा सच्चाईएको छ ।– सम्पादक

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->