बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा ६५ बर्षिया वृद्धाको विभत्स शव फेला

तनहुँमा ६५ बर्षिया वृद्धाको विभत्स शव फेला

तनहुँ प्रहरीले घटनाको अनुसन्धान थालेको छ । यसबारेमा प्रहरीले भने केही बताएको छैन् ।


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७७, शुक्रबार

तनहुँ, ९ असोज– तनहुँमा विभत्स अवस्थामा एक बृद्धाको शव फेला परेको छ । शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलास्थित पृथ्वीराजमार्गसंगै जोडिएको घरमा अन्दाजी ६५ बर्षीया बृद्धा तेजकुमारी ढकालको शव फेला परेको हो । उनको शव शुक्रबार विहान स्थानीयले फेला पारेका थिए । उनले उक्त ठाउँमा सामन्य खुद्रा पसल सञ्चालन गर्दै आएकी थिईन् ।
उक्त घरमा एक्लै बस्दै आएकी उनको विहान ७ बजे शव फेला परेको स्थानिय युवा सुशन पौडेलले बताए । मृतक बृद्धाको ज्वाईले विभत्स अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । पौडेलका अनुसार ज्वाईले मृतकको घरमा दैनिक दुध पु¥याउँछन् । सवेरै पिढीमा दूध राखेर अन्यत्र दूध पु¥याउन गएका ज्वाई फर्केर आउँदा पनि पिढीमै दूध देखेपछि घरभीत्र जादाँ ढोका खुल्ला अवस्थामा देखेका थिए । घरभित्र ढकालको शव विभत्सव अवस्थामा फेला परेपछि प्रहरीलाई खवर गरेको उनले बताए ।
स्थानियले हत्याको आशंका गरेका छन् । तनहुँ प्रहरीले घटनाको अनुसन्धान थालेको छ । यसबारेमा प्रहरीले भने केही बताएको छैन् । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुशल नामक कुकुर ल्याएर वरपर हत्याराको खोजी समेत गरिएको छ । हालसम्म हत्यारा पत्ता लागेको छैन् ।
ढकालको श्रीमान् र कान्छी बुहारी त्यही वडाको स्वाँरा गाउँमा बस्छन् । जेठो छोराको घर घटनास्थलबाट नजिकै छ । मृतकको शव पोस्टमार्टमका लागी पोखरा लगिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->