बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तेजकुमारीको हत्या आरोपी ८ घण्टामै प्रकाउ

तेजकुमारीको हत्या आरोपी ८ घण्टामै प्रकाउ

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट ल्याईएको कुशल नाम गरेको कुकुरको सहायतामा हत्यामा संग्लन शिव गौतमलाई पक्राउ गरेको हो ।


  • बिनोद ढुंगाना
  • असोज ९ २०७७, शुक्रबार

तनहुँ, ९ असोज– तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलास्थित पृथ्वीराजमार्गको छेउमै एउटा टिनले छाएको एकतले घर छ । त्यो घरमा एक्लै बस्दै आएकी थिईन् ६७ वर्षीया तेजकुमारी ढकाल । उनको सामान्य खुद्रा पसल पनि थियो ।
सधैँ सबेरै उठ्ने तेजकुमारी शुक्रबार बिहान ७ बजेसम्म पनि उठिनन् । गाउँकै ज्वाई नाता पर्ने एक जनाले सधै उनकोमा दुध पु¥याउँथे । शुक्रबार पनि ती व्यक्तिले त्यहाँ दुध छाडेर बजारतिर गए । फर्कदा करिब ७ बजेको थियो । दुधको बट्टा लिनलाई पसे । जहाँ राखेको त्यही थियो दुधको बट्टा ।
ढोका खुल्लै देखेपछि भित्र चिहाएको त उनले सासु तेजकुमारीको शव विभत्स अवस्थामा देखे । भुईमा दुबै हात, खुट्टा र घाँटीमा सलले बाँधेको, शरिरको विभन्न भागमा चोट थियो । देख्नेबित्तिकै उनले हल्लाखल्ला गरेर गाउँलेलाई गुहारे । गाउँलेले प्रहरी बोलाए ।
खबरप्राप्त हुनसाथ तनहुँ प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । अनुसन्धान थालेको ८ घण्टामै घटनामा संग्लन भएको आशंकामा एक जनालाई पक्राउ गर्न सफल भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट ल्याईएको कुशल नाम गरेको कुकुरको सहायतामा हत्या आशंकामा गोरखाको भिमसेन थापा गाउँपालिका–१ बसेनीका ४६ बर्षीय शिव गौतमलाई पक्राउ गरिएको तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले बताए ।

गौतमलाई तनहुँको व्यास नगरपालिका–२ शहिदगेटबाट पक्राउ गरिएको उनले जानकारी दिए । ‘हुलिया परिवर्तन गरी हिडिरहेको अवस्थामा पक्राउ गरेका छौँ’ प्रहरी उपरिक्षक पौडेलले भने, ‘थप अनुसन्धान चलिरहेको छ ।’ शव पोस्टमार्टमका लागि पोखरा पठाएको उनले बताए । ‘रिपोर्ट आउन बाँकी छ’, पौडेलले भने ।
पक्राउ परेको ती व्यक्ति घटनास्थल नजिकै रहेको कुम्लेखोला भैँसीफार्ममा कार्यरत थिए । भदौ २० गते मर्निङवाक जाँदा फार्म नजिकै चौतारीमा देखेपछि काम दिएको सञ्चालक डिलबहादुर विकले बताउँछन् । विकका अनुसार गौतम बिहिबार बिहान आफ्नो पारिश्रमिक ४ हजार २ सय ५० रुपैयाँ बुझेर गोरखा जान्छु भनेर हिँडेका हुन् । तर, उनी घर नगइकन दिनभर तेजकुमारीको घर वरपर डुलिरहेको स्थानीयको भनाई छ ।
ढकालको श्रीमान् र कान्छी बुहारी त्यहीं वडाको स्वाँरा गाउँमा बस्छन् । जेठो छोराको घर घटनास्थलबाट नजिकै छ । स्थानीयका अनुसार मृतक ढकाल वर्षौदेखी त्यहाँ एक्लै बस्दै आएकी थिईन् ।
हत्याको कारण बारे प्रहरीले केही खुलाएको छैन् । हत्या आशंकामा पक्राउ परेका गौतमले पनि कुनै प्रतिकृया नजनाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->