बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनी–बागलुङ र बेनी–दरबाङ सडक सुचारु

बेनी–बागलुङ र बेनी–दरबाङ सडक सुचारु

बेनी–मालढुंगा सडकको विकल्पको रुपमा रहेको बेनी–बागलुङ सडक अवरुद्ध हुँदा बेनपा १ रत्नेचौर र वडा नं २ ज्यामरुककोटका साथै बेनी र बागलुङ आवतजावत गर्ने सयौं यात्रुहरु समस्यामा परेका थिए ।


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०७७, मंगलबार
OLYMPUS DIGITAL CAMERA

म्याग्दी १३ भदौ– तीन महिनादेखि अवरुद्ध बेनी–बागलुङ र एक सातादेखि अवरुद्ध बेनी–बागलुङ सडक मर्मत पछि सोमवार साँझदेखि सुचारु भएको छ । गत असारदेखि सडक खण्डको विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको बेनी–बागलुङ सडक मर्मतपछि सोमबारदेखि सुचारु भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सडकखण्डको तल्ली बान्द्रे, बागलुङ र म्याग्दीको सीमानामा पर्ने ढोडेनी खोला,रत्नेचौरको रानीबन लगाएतका ठाउँमा पहिरो आएपछि गत असार महिनादेखि नै सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भए पछि कुनै पनि यातायातका साधनहरु संचालन हुन सकेका थिएनन् । अवरुद्ध सडक सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर संचालन गरेको बेनी नगरपालिका वडा नं १ का अध्यक्ष टेकबहादुर रावलले जानकारी दिए ।
यस अघि सडक तीन महिनासम्म अवरुद्ध हुँदा समेत मर्मतका लागि सडक डिभिजन कार्यालयले चासो नदेखाएको भन्दै सडक प्रयोग गर्ने म्याग्दी र बागलुङका उपभोक्ताहरुले डिभिजन कार्यालयमा धर्ना सहित ध्यानाकर्षण पत्र बुझाएका थिए ।
बेनी–मालढुंगा सडकको विकल्पको रुपमा रहेको बेनी–बागलुङ सडक अवरुद्ध हुँदा बेनपा १ रत्नेचौर र वडा नं २ ज्यामरुककोटका साथै बेनी र बागलुङ आवतजावत गर्ने सयौं यात्रुहरु समस्यामा परेका थिए । सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई बजारल्याउन समस्या भएको थियो ।
यसैगरी पश्चिम म्याग्दीका तीन गाउँपालिकाका साथै बागलुङ जिल्लाका दर्जनौं गाउँहरुलाई म्याग्दीको सदरमुकाम बेनीसंग जोड्ने बेनी–दरबाङ सडक एक साता पछि खुला भएको छ ।
२४ किलोमिटर लम्वाइको उक्त सडक खण्डका विभिन्न ठाउँहरुमा पहिरो गएर एक साता अघिदेखि सडक अवरुद्ध भएको थियो ।
सडकको घुमाउने भिर, बाङ्गे पहिरो लगाएतका स्थानमा मर्मत गरी एक सातापछि सडकमा सिधा सवारी सञ्चालनमा ल्याइएको म्याग्दीका डिएसपी किरनजंङ्ग कुवँरले जानकारी दिए ।
उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरी, स्थानीय तह र निर्माण व्यवसायीमार्फत पहिरो हटाएर सडक मर्मत गरी सोमबार साँझदेखि यातायात आवागमन सुचारु गरिएको हो ।
‘दुखुखोला माथीको पुलमा भने अर्को सूचना नआउदा सम्मको लागि ठूला मालबाहक गाडीहरुको सञ्चालनमा रोक लगाईएको छ’ कुवँरले भने । बस, ट्रक, टिपर लगायतको सवारी साधनलाई अहिले पुल माथीबाट हिड्न रोक लागाईएको उनको भनाई छ ।
पुलको दुईतिरको बेस खोलाले कटान गर्दा जोखिम भएकाले तत्कालका लागि ह्याभी सवारी साधन पुलमाथीबाट आवजजावत गर्नमा रोक लगाईएको हो ।
सडक सञ्चालनमा आएपछि म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिका साथै बागलुङ जिल्लाका तमान,लामेला,ढोरपाटन लगाएतका गाउँका वासिन्दाहरुलाई सुविधा भएको छ । स्थानीय कृषि उपजलाई बजारीकरणका लागि पनि सहज भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->