बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७७, बुधबार

म्याग्दी, १४ असोज– जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको बेलबोटमा श्रीमानको कुटपिटबाट एक महिलाको ज्यान गएको छ । बेलबोटकी ४३ वर्षीया माया सार्कीको श्रीमानको कुटाईबाट मृत्यु भएको हो । उनको शव बुधबार दिउँसो घर नजिकै खाडलमा गाडेको अवस्थामा भेटिएको थियो । प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माका अनुसार अनुन्धानका लागि मायाका श्रीमान ३९ वर्षीय वीरबहादुर सार्कीलाई नियन्त्रणमा लिइएको छ । घरदेखि करिब १५ मिटरको दुरीमा मायाको शव भेटिएको थियो । शरीरमा चोटपटक नदेखिए पनि हत्या गरेर खाडलमा गाडेको हुनसक्ने प्रहरी निरीक्षक शर्माको भनाइ छ । सार्कीका छोराछोरीले प्रहरीले दिएको बयान अनुसार मंगलबार राती अबेरसम्म दुवैजनाले मदिरा सेवन गरेर झगडा गरेका थिए । मायाको शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->