बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा देवकोटा नियुक्त

गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा देवकोटा नियुक्त


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७७, शुक्रबार

पोखरा, १६ असोज–गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन् । सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटा नियुक्त भएका हुन् । देवकोटा कृषि तथा वन विश्वविद्यालय रामपुरमा कार्यरत छन् । उपकुलपतिको पदावधि ५ वर्ष हुनेछ । शुक्रबार बिहान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उपकुलपति नियुक्त भएका देवकोटालाई सपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->