मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

दुर्घटनामा परेका सदस्यलाई युथ कम्युनिटी क्लवको सहयोग

दुर्घटनामा परेका सदस्यलाई युथ कम्युनिटी क्लवको सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७७, शुक्रबार

पोखरा, १६ असोज– केमिकल दुर्घटनामा परि अस्पतालमा उपचारत रोशन अधिकारीलाई युथ कम्युनिटी क्लव पोखराले आर्थिक सहयोग गरेको छ । क्लवका कार्यसमिति सदस्य समेत रहेका अधिकारी केही दिन अगाडि केमिकल दुर्घटनामा परि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको सघन कक्षमा उपचाररत रहेको र उनलाई क्लवले १६ हजार आर्थिक सहयोग गरेको क्लवका विपद ब्यवस्थापन उपसमिति संयोजक शर्मिला लामाले जानकारी दिइन । युवा ब्यवशायीहरु बीच साथ, सहयोग र सहकार्यका लागी भन्ने उद्देश्यका साथ स्थापित युथ कम्युनिटी क्लवको विपद ब्यवस्थापन कोषबाट ८ हजार र क्लवका आवद्ध सदस्यहरुबाट संकलित ८ हजार गरी १६ हजार आर्थिक सहयोग गरिएको समितिका सहसंयोजक संजय शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->