तनहुँ, १८ असोज– पहाडकी रानीउपमाले सुप्रसिद्ध छ ‘बन्दीपुर’ । गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल हुनै एक उत्कृष्ट गन्तव्य बन्दीपुरमा पर्यटक त प्रशस्त आउँछन् नै । आएका पर्यटक सिधै बन्दीपुर बजार पुगेर घुम्छन् । सोही दिन फर्कन्छन् । पर्यटकलाई अड्याउने प्रशस्त पुर्वाधार नहुँदा बन्दीपुरमा पर्यटक उतिसारो रोकिँदैनन् ।
पर्यटकको बसाई लम्ब्याएरदुई दिन तीन रातको पु¥याउन बन्दीपुर गाउँपालिकाले २० वर्षे गुरुयोजना बनाएर धमाधम पूर्वाधार थप्दैछ । मुलकमा संघीय शासन व्यवस्था लागु भईस्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर ३ वर्षदेखि कार्यकाल सम्हाली रहेका छन् । तोकिएकै समयमै स्थानीय तहको निर्वाचन हुने हो भने अबको २ वर्षपछि अहिलेका जनप्रतिनिधिले बिदाइका हात हल्लाउनेछन् । तर, आफुहरु बिदा भएर गएपनि बन्दीपुरका जनप्रतिनिधिलेनासोको रुपमा एउटा पर्यटकिय गन्तव्य ‘जनप्रतिनिधि पार्क’ बनाएर छाड्नेछन् ।
नयाँ पर्यटककीय गन्तव्य थप गर्ने उदेश्यले गाउँपालिकाले ‘जनप्रतिनिधि पार्क’ गतबर्षदेख निर्माण थालेको हो । डुम्रे बजारबाट बन्दीपुरतर्फ उक्लँदै गर्दा राइनास डाँडामा सडकको छेउैमापार्क निर्माणधीन छ । सार्वजनिक जग्गामा निर्माणधिन पार्कका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँले भिरालो जग्गामा एक तले भवनठड्याइएको छ । बजेटको अपुगले भवन निर्माण अधुरै देखिन्छ ।
चालु आर्थिक बर्षमा भवन निर्माण सकेर पार्क सञ्चालनमा ल्याउन१० लाख रुपैयाँविनियोजन गरेको गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए । भवन निर्माण सकिएपछि पहिलो चरणमा यहाँ कफी सप र सार्वजनिक शौचालय सञ्चालनमा आउने उनलेबताए । ‘पार्कलाई बन्दीपुर उक्लने पर्यटकले दृश्यावलोकन गर्ने केन्द्र बनाउने योजना छ’, उनले भने ।
पार्कबाट आँखै अगाडी टलक्क टल्किएकाधौलागिरी, माछापुच्छे«, अन्नपूर्ण, लमजुङ, मनास्लु, गणेश र लाङटाङ लगायतकाहिमशृंखलाको लर्कन देखिन्छ । हरियाली जंगलको शीरमा रहेको जनप्रतिनिधी पार्कले पर्यटकको मन जित्नेमा अध्यक्ष थापा ढुक्क देखिन्छन् ।
पार्कमा अर्को नयाँ गन्तव्य पनि थप्ने गाउँपालिकाको योजना छ । ‘दोस्रो चरणमा जिप फ्लायर सञ्चालन गर्ने योजना छ । तर, जिप फ्लायर सञ्चालनको लगानी ठुलो हुने भएकाले गाउँपालिकाको बजेटले पुग्दैन्। यसको जिम्मा निजी क्षेत्रलाई दिनेछौँ’, उनले भने ।
जनप्रतिनिधधि पार्क निर्माणपछि थप पर्यटक बन्दीपुर भित्र्याउन सघाउ पुग्नेमा बन्दीपुर पर्यटन क्षेत्र बिकास समितिका अध्यक्ष किसन प्रधान विश्वस्त छन् । उनी भन्छन्, ‘आकर्षक ठाउँमा पार्क बन्दैछ । यहाँबाट देखिने दृश्यले सबैको मन लोभ्याउनेछ ।’ जिप फ्लयार सञ्चालनको योजना बन्दीपुरका लागी विल्कुल नौलो भएकाले आफूहरु सहकार्य गर्न तयार रहेको उनले सुनाए ।
बन्दीपुर गाउँपालिकाको लगानीमा पछिल्लो समय नयाँ गन्तव्य ‘मिनी ग्रेटवाल’ र ‘साइकल लेन’ थपिएको छ । ‘शिसाको दृश्यावलोकन बिन्दु’ र ‘कृत्रिम ताल’ निर्माणको प्रकृया अगाडी बढाएको गाउँपालिकाले जनाएको छ ।





