बागलुङ, १८ असोज– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सया ९७ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराले आईतवार जारी गरेको दोस्रो प्रेस बिज्ञप्ती अनुसार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ । नवलपरासी (ब.सु.पू)को मध्येविन्दुमा ५ जना, देवचुलीमा १ जना, विनयत्रिवेणीमा ४ जना, कावासोतीमा ३ जना र गैंडाकोटका १३ जनामा संक्रमण पुष्टि भएको हो । बागलुङको जैमिनी नगरपालिकाका २ जना, स्याङ्जाको वालिङ नगरपालिकामा १ जना र तनहुँको व्यास नगरपालिकामा ९ जनामा संक्रमण पुष्टि भएको हो । नवलपरासी (ब.सु.पू)को मध्यबिन्दु अस्पतालमा कार्यरत ५ जना कर्मचारीमा २ जना ल्याबमा काम गर्ने कर्मचारी, १ जना अनमी तथा २ जना कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको हो । स्याङ्जाका एक जना र बाग्लुङ जिल्लाका २ जना गरि ३ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।





