म्याग्दी, १९ असोज– म्याग्दीको मालिका गाउँपालिका– ७ बिम खरिभिरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाईते भएका छन् । बिमतर्फ जाँदै गरेको ट्याक्टर ध १ त ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै दुर्घटना हुदाँ रघुगंगा गाउँपालिका–३ का बर्ष २३ का आषिश खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै पर्वत जलजला गाउँपालिका–२ का प्रविण परियार गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते परियारलाई उपचारको लागि बेनी अस्पतालमा ल्याईएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।





