आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

२९ जना सेनासहित गण्डकीमा थपिए ५८ संक्रमित

२९ जना सेनासहित गण्डकीमा थपिए ५८ संक्रमित


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७७, बुधबार

बागलुङ, २१ असोज– बागलुङमा कार्यरत २७ जना र बेनीका २ जना नेपाली सेना सहित गण्डकी प्रदेशमा बुधबार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको तीन फरक बिज्ञप्तीमा उल्लेख भए अनुसार गण्डकीका ६ जिल्लामा संक्रमित थपिएका हुन् । बागलुङमा रहेको श्री नं. २३ बाहिनी, सेरा डिल व्यारेकमा कार्यरत २७ जना नेपाली सेनामा संक्रमण पुष्टि भएको छ । उनिहरु यसअघि संक्रमण भएका सेनाका जवानहरुको सम्पर्कमा आएकाले जाँच भएको थियो । बागलुङमा कार्यरत एक जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको छभने अर्का एक जना स्थानीयमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । काठेखोला गाउँपालिकाका ३ जनामा संक्रमण देखिएको छ । उनिहरु भारतबाट आई क्वारेन्टाईनमा बसेका थिए । कास्कीको पोखरा महानगर पालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ । लमजुङको राइनासमा २ जना र सुन्दर बजारमा १ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँको देवघाटमा १ जना, भानुमा १ जना र व्यासमा २ जना तथा म्याग्दीको बेनी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । पूर्वि नवलपरासीको गैंडाकोटमा ९ जना, मध्यविन्दुमा १ जना, देवचुलीमा १ जना र कावासोतीमा १ जनामा संक्रमण पुष्टि भएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेजमा सबैको परीक्षण गरिएको थियो । लमजुङको राईनाश–७ का २५ बर्षीय पुरुष सहोदर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन । तनहुँको ब्यास–१२ का संक्रमित कृषि सामग्री कम्पनि लि. कार्यरत छनभने ब्यासकै ५१ बर्षीय पुरुष स्थानीय विद्यालयका शिक्षक हुन । म्याग्दीको बेनी नगरपालिकाका दुवैजना नेपाली सेनामा कार्यरत हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->