म्याग्दी, २१ असोज– सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले मृगौला पीडित एक महिलाको उपचारका लागि ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
सदरमुकाम बेनीसंगै जोडिएको पर्वत बेनीमा बस्दै आएकी मिर्गौला पीडित जमिला खातुनको उपचारमा लायन्स क्लब अफ बेनी सिटीले ५४ हजार ७ सय ८५ र मुस्लिम समाजले २० हजार रुपैयाँ गरी कुल ७४ हजार ७ सय ८५ रुपैयाँ आर्थिक सहयोग गरिएको लायन्स क्लव अफ बेनी सिटीका पूर्वअध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।
लायन्स कल्ब अफ बेनी सिटीका अध्यक्ष अमित बाँनिया, पूर्वअध्यक्ष सुविन श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, अम्बिक श्रेष्ठ, मुस्लिम समाजका अध्यक्ष रहमत खाँन, बेनी सिटीका सदस्यहरुको उपस्थितिमा पीडितलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।





