आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अनुगमनमा कडाइ, आईसोलेसन नबसे ६ महिना जेल

अनुगमनमा कडाइ, आईसोलेसन नबसे ६ महिना जेल


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७७, शुक्रबार

काठमाण्डौ, २३ असोज– संक्रमण पुष्टि भएका बिरामी यत्रतत्र हिँड्न थालेपछि सरकारले कडाईका साथ अनुगमन गर्न माताहतका निकायलाई निर्देशन दिएको छ । संक्रमितहरुले आइसोलेसनको नियम पालना नगरेको गुनासो बढेपछि सरकारले कडाइका साथ अनुमगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले शुक्रबार भएको नियमित मिडिया ब्रिफिङका क्रममा कोभिड–१९ पोजेटिभ भएका व्यक्तिहरु आइसोलेसनमा नबसेको रिपोर्ट आएकाले त्यस्तो भएमा कारवाही हुने उल्लेख गरे ।
‘कोरोना संक्रमितहरु आइसोलेसनमा नबसेको रिपोर्ट प्राप्त भएको छ । त्यस्तो अवस्थामा घर परिवार र छिमेकीले पनि अनुमगन गरी खबर गरिदिनु होला’ उनले भने, ‘पोजेटिभ आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको र अरुको सम्पर्कमा आएको छभने संक्रामक रोग कानुन अनुसार ६ महिना जेल हुन्छ। सरकारले कडाइका साथ कारवाही गर्ने छ ।’
गौतमले आइसोलेसनमा नबस्‍ने व्यक्तिको अनुगमन गर्न स्थानीयवासीलाई पनि अपिल गरेका छन् । ‘कोरोना संक्रमित बाहिर निस्किँदा अरुमा सर्ने हुँदा ख्याल गरौं । धेरै जसो लक्षण नभएका संक्रमितबाट अरुलाई सार्ने जोखिम हुन्छ । घरमा आइसोलेसनमा बस्‍ने ठाउँ छभने घरमै बसौं’ उनले भने, ‘पिसिआर गरेपछि अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नू, पोजेटिभ आएमा अरुलाई सर्न सक्ने हुन्छ, त्यसैले परीक्षण गर्न दिइसकेपछि रिपोर्ट नआएसम्म क्‍वारेन्टाइनमा बस्‍नु पर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->