बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एप्पलको नयाँ आइफोन १३ अक्टोबरमा !

एप्पलको नयाँ आइफोन १३ अक्टोबरमा !


  • Dhorpatan News
  • असोज २४ २०७७, शनिबार

नयाँ आइफोनको पर्खाइमा रहेका एप्पलका फ्यानहरुका लागि खुसीको खबर छ । एप्पलले आउँदो मंगलबार आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आगामी अक्टोबर १३ मा आयोजना हुने एक समारोहका लागि एप्पलले मंगलबार निम्तो पठाएको छ । उक्त निम्तोलाई एप्पलले हाइ स्पिड निमन्त्रणा भनेको छ ।
अक्टोबर १३ मा एप्पलले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन–१२ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । आइफोन–१२ फाइभ जी कनेक्टिभिटी भएको एप्पलको पहिलो आइफोन हुनेछ ।
फाइभ जी कनेक्टिभिटीका कारण आइफोन–१२ ले बजारमा तहल्का पिट्ने र प्रयोगकर्ताहरुको पहिलो रोजाइमा पर्ने विश्लेषण विज्ञहरुले गरेका छन् । एप्पलले सामान्यतयाः हरेक वर्ष सेप्टेम्बर महिनामा आफ्नो आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको थियो । तर यस वर्ष गत सेप्टेम्बरमा आयोजित समारोहमा एप्पलले अन्य ग्याजेट सार्वजनिक गरेता पनि आइफोन ल्याएन ।
सेप्टेम्बरमा एप्पलले आफ्नो नयाँ आइप्याड तथा एप्पल वाच लगायतका प्रडक्टहरु सार्वजनिक गरेको थियो । कोरोना भाइरस महामारीका कारण उत्पादन तथा आपूर्ति सञ्जालमा अवरोध भएका कारण एप्पलले गत महिना आइफोन–१२ सार्वजनिक नगरेको बताइएको छ । सिएनएन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->