बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यार्थीलाई पोखरा सर्मपणको शैक्षिक सामग्री सहयोग

विद्यार्थीलाई पोखरा सर्मपणको शैक्षिक सामग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७७, आइतबार

तनहुँ, २५ असोज– बन्दीपुर गाउँपालिका–२ आरथुम्का (भुजेलगाउँ)स्थित भैरव आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरिएको छ । लायन्स क्लब अफ पोखरा सर्मपणले अति विपन्न भुजेल बस्तीका विद्यार्थीलाई सहयोग गरेको हो ।
विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई विद्यालयको पोशाक, झोला, चप्पल र शैक्षिक सामग्री वितरण गरेको क्लबकी अध्यक्ष भावना बस्यालले बताईन् । पोशाक सिलाउने व्यवस्थासमेत गरेको उनको भनाई छ । ‘विद्यार्थीलाई पढाईमा उत्प्रेरित गर्न सघाएका हौँ’, उनले भनिन् । ५० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->