आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खतरामा स्वास्थ्यकर्मीहरु !

खतरामा स्वास्थ्यकर्मीहरु !

आइतबार कोरोना आशंका गरि स्वाब दिएका उनीहरुको सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७७, मंगलबार

पोखरा, २७ असोज– गण्डकी प्रदेशमा सोमबार १२६ जनामा कोरोना पुष्टि भयो । सोमबार पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा नवलपुरमा ६१, कास्कीमा २९, तनहूँमा २६, बागलुङमा ७, लमजुङमा २ र स्याङजामा एक जना रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार थपिएका संक्रमितमध्ये १ सय २६ जना संक्रमित नै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । संक्रमित सबै जनालाई आइसोलेसन कक्षमा पुर्याई सकेको निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोमबार थपिएका संक्रमितमध्ये २ जना स्वास्थ्यकर्मी समेत रहेको खुलेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा शिवचोकमा रहेको अन्नपूर्ण अस्पतालको एनसियू वार्डमा कार्यरत दुई नर्समा कोरोना पुष्टि भएको पाइएको छ । अस्पताल स्रोतका अनुसार दुबैजनाले संक्रमित भएको आशंकापछि स्वाब जँचाएका थिए । आइतबार कोरोना आशंका गरि स्वाब दिएका उनीहरुको सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु दुवै जना अहिले होम आइसोलेसनमा बसेका छन् । हामीले संक्रमित स्वास्थ्यकर्मीमध्ये पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत २१ वर्षीय नर्सलाई सम्पर्क गर्दा आफूमा कोरोना संक्रमण भएको पुष्टि गरिन् । सामान्य ज्वरो देखिएपछि स्वाब जँचाएकी उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।
होम आइसोलेसनमा बसि रहेकी ती नर्सले आफूलाई अस्पताल बाहिरबाटै कोरोना संक्रमण भएको हुन सक्ने बताइन् । ‘म लिभमा थिएँ । अस्पताल गएको थिइनँ, अस्पताल नगएको हुनाले मलाई अस्पतालबाट कोरोना सरेन होला’,उनले भनिन् । केही दिन बिदामा बसेकी २१ वर्षीया ती नर्सले सोमबारदेखि नै ड्युटी जोइन गर्ने तय भएको थियो । तर, उनमा सोबार कोरोना संक्रमण देखिएको छ । उनले अस्पताल प्रशासन नियमित सम्पर्कमा बसेर आफ्नो स्वास्थ्य अवस्था बुँझि रहेको बताइन् । यता, अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले आफू यसबारे अनभिज्ञ रहेको बताए । अन्नपूर्ण अस्प्तालका डाइरेक्टर शंकर पौडेलले बिदामा बसेकी कर्मचारीमा कोरोना पुष्टि भएको हुनाले पनि अस्पताल जोखिमुक्त रहेको बताए । ‘उहाँ एक हप्तादेखि बिदाम हुनुहुन्थ्यो । त्यसकारण पनि हामीले विज्ञप्ति निकाल्नु जरुरी ठानेनौं,’ उनले भने, ‘उहाँ अस्पतालसँग एक हप्तादेखि टचमा हुनुहुन्न ।’ डाइरेक्टर पौडेलले आफूहरु जनस्वास्थ्यप्रति जिम्मेवार रहेकाले संक्रमित स्वास्थ्यकर्मीद्वारा बिरामी नजचाउँने जिकिर गरें ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->