मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

दुराकान्छाको उपचारमा सहयोग

दुराकान्छाको उपचारमा सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७७, बिहिबार

पोखरा, २९ असोज– पोखरा महानगरपालिका वडा नंं ३१ निवासी मुटुरोगी कर्णबहादुर दुरालाई सहयोग गर्न सुरुभएको छ । दुराकान्छा बचाउन अभियानले बुधबार एक कार्यक्रमको आयोजना गरि रकम हस्तान्तरण गरेको छ ।
स्थानीय युवा महेश पौडेलको संयोजकत्वमा गठित दुरा कान्छा बचाउ अभियानले संकलन गरेको चार लाख ५२ हजार रुपैया दुरालाई हस्तान्तरण गरिएको हो ।
नेपाल सरकारका पूर्ब कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञवहादुर थापाले सहयोग रकम हस्तान्तरण गर्दै, स्वास्थ्यमा नागरिकको सहज पहुँच नहुँदा विपन्न नागरिकलाई बाँच्न गाह्रो भएको बताए ।
नेपाली कांग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले सामाजिक अभियानमा राजनितिभन्दा माथि उठेर सबैले सहयोग गर्न सके कठिन परिस्थितिमा रहेका धेरै नागरिकलाई बचाउन सकिने उल्लेख गरे ।
काग्रेसका स्थानीय नेता राजेन्द्रमणि लामिछाने र ढकनाथ कडेलले दुरा कान्छा बचाउन अभियानले जुटाएको सहयोगको प्रशंसा गरे । अभियानका संयोजक महेश पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा स्थानीय युवा ध्रुव अधिकारी, नवराज ओझा लगायतले अभियानका बारेमा बोलेका थिए ।
विगत एकवर्षदेखि मुटुरोगबाट पीडितदुराको शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडांैमा शल्यक्रियाको तयारी भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->