काठमाण्डौ, १ कार्तिक– पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर १८ सय संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेहरूको कुल संख्या ८९ हजार ५४० पुगेको छ । नेपालमा हाल ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन् । आज १३ जार ३९९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २५ हजार ४३८ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए ।





