बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीका कांग्रेस सभासदले फिर्ता गरे, दशैं भत्ता

गण्डकीका कांग्रेस सभासदले फिर्ता गरे, दशैं भत्ता


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०७७, बुधबार

पोखरा, ५ कार्तिक–गण्डकी प्रदेशका कांग्रेस सभासदहरुले दशैं भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले मंगलबार दशैं भत्ता वापत्को रकम नलिने घोषणा गरेको हो । ‘संकटको बेला दशैं भत्ता लिन सुहाउँदैन र नैतिकताले पनि दिँदैन’, नेपाली कांग्रेस गण्डकीका संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्र्माले भने, ‘हामीले यस अघि नै कोरोना संकटभरको यातायात खर्च नलिने निर्णय गर्दै जनता प्रतिको उत्तरदायित्व पुष्टि गरिसकेका छौं । यातायात खर्चवापत्को २ लाख भन्दा बढी रकम प्रदेश सरकारको खातामा फिर्ता गइसकेको छ । अहिलेको रकम पनि फिर्ता जान्छ ।’
दशैंको मुखमा सभासदहरु बाहिर रहेकाले तत्काल रकम फिर्ता गर्न नसकिए पनि घोषित रकम समय मिलाएर फिर्ता गर्ने उनले बताए । गण्डकी प्रदेशसभामा कांग्रेसका १५ जना सभासद रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->