बागलुङ, ५ कार्तिक– स्वास्थ्य कार्यालय बागलुङका एक कर्मचारीसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार क्षयरोगउपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पाँच जिल्लामा संक्रमित थपिएका हुन् । पर्वतको जलजला गाउँपालिकाका १६ जना, म्याग्दीको बेनीका १ जना, गोरखाको आरुघाटका १ जना र पोखरा महानगरपालिकाका १९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।





