मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मंगलाका जनप्रतिनिधिले दशैंभत्ताले कोरोना अस्पतालमा पाँच शैयाको बेड थप गर्ने

मंगलाका जनप्रतिनिधिले दशैंभत्ताले कोरोना अस्पतालमा पाँच शैयाको बेड थप गर्ने


  • ढोरपाटन संबाददाता
  • कार्तिक ९ २०७७, आइतबार

म्याग्दी, ९ कात्तिक- म्याग्दीको मंगला गाउँपालिकाका जनप्रतिनिधिले आफूले पाउने ४ लाख ९८ हजार दशैं भत्ताले कोरोना अस्पतालमा ५ शैयाको बेड थप सहित आवश्यक उपकरण खरिद गर्ने भएका छन् । कोरोना महामारीका बेला पनि भत्ता लिएको भन्दै चर्चा भइरहेको दशैंभत्ताबापत प्राप्त गर्ने सुविधाले कोरोना अस्पतालमा बेड थप, अक्सिजन सिलिन्डरको खरिद सहित आवश्यक उपकरण खरिद गर्ने अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘दशैंभत्ता सुविधाको रुपमा खातामा गएको छ,‘हामीलाई ब्यक्तिगत सुविधाभन्दा जनताको स्वास्थ्य उपचार प्राथमिकता लागेर कोरोना कोषमा जम्मा फिर्ता गछौं’ अध्यक्ष रोकाले भने । उनले नियम अनुसार खातामा गएपछि मात्रै जानकारी भएको बताए ।
अध्यक्ष रोकाले आफ्नो मासिक सुविधा समेत शिक्षा, स्वास्थ्य सहित विभिन्न क्षेत्रमा खर्च गरेका छन् । दसैंभत्ता जनप्रतिनिधिको सेवा सुविधासम्बन्धि ऐनमा उल्लेख भए अनुसार कर्मचारीले खातामा पठाएपनि अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य सहित सबै वडा सदस्यले कोरोना महामारीका बेला दसैंमा भत्ता लिनु उचित नभएकाले फिर्ता गरिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिए । गाउँपालिकाका ५ वडामा रहेका स्वास्थ्यचौकी, इकाईमा समेत सोही रकममा थप गरी अक्सिजन सिलिन्डर सहित आवश्यक उपकरणहरु विस्तार गरिने जनाइएको छ । मंगलामा कोरोना समुदायमा फैलिएको अवस्थामा जनप्रतिनिधिको निर्णयको प्रशंसा भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->