बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सराङकोटमा खानेपानी परियोजना

सराङकोटमा खानेपानी परियोजना


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७७, आइतबार

पोखरा, १६ कात्तिक– लामो समयदेखि खानेपानीको चरम समस्या भोगेका पोखरा महानगरपालिका वडा नं. १, २ को उत्तरी भेग र १८ को दक्षिणी क्षेत्रका सर्वसाधारणले आगामी एकवर्ष भित्र खानेपानीको सुविधा पाउने भएका छन् ।
पहिलोचरणमा तीनवटै वडाका एक हजार घरधुरीमा खानेपानी सुविधा पु¥याउने लक्ष्यका साथ पोखरा महानरपालिकाको दुई करोड ५५ लाख १५ हजार ७०० र नेपाल खानेपानी संस्थान पोखरा शाखाको ८६ लाख सात हजार ७७८ रुपैयाको लागतमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।
पोखराको खानेपानी वितरण गर्दै आइएको विन्ध्यवासिनीको पानीट्याङ्कीबाट २.८५ किलोमिटर मुख्य पाईपलाईन विस्तार गरि लिप्mिटङ प्रविधिबाट सराङकोटमा जम्मा गरि गरि वितरण गर्न लागिएको हो । सो खानेपानी योजनाको शनिबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे ।
सराङकोट खानेपानी आयोजना समन्वय समितिका संयोजक दिनेश श्रेष्ठका अनुसार सो योजना सम्पन्न भएसंगै वडा नं. १ को सिमपानी, २ को हिमालीटोल र १८ का अधेरीकुना, थम्की, लामाखेर, लामागाउँ, मिरुवा, घरेलु, पिपलडाँली, विन्ध्यश्वरीपाखा, र पोखरावेशीका वासिन्दालाई खानेपानी सुविधा पुग्नेछ ।
ाङकोटस्थित घरेलुमा ७५ हजार र ठोट्नेखोला सामुदायिक वनको जौवारीमा निर्माण गरिने पाँच लाख लिटर क्षमताको छुट्टाछुट्टै दुई वटा पानी ट्याङकीबाट ८.९२ किलोमिटर वितरण लाईन विस्तार गरिने उनले जनाए । महानगरपालिका अन्तर्गतको योजना आगामी २०७८ आसोजमा सम्पन्न गर्ने गरि कृपा कन्स्टक्सन भरतपुर चितवन र २०७८ असार महिनामा सकने गरि संस्थानको पराजुली, सावित्री नौघरे जे.भी.निर्माण कम्पनीसंगै सम्झौता गरिएको छ । गण्डकी प्रदेश सरकारले शुरु गरेको एक घर एक धारा अभियानलाई आयोजनाले सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->