बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अबैध बच्चा जन्माई जंगलमा फालेको आरोपमा दुइ जना पक्राउ

अबैध बच्चा जन्माई जंगलमा फालेको आरोपमा दुइ जना पक्राउ


  • खगेन्द्र पराजुली
  • कार्तिक १६ २०७७, आइतबार

नवलपुर, १६ कार्तिक– अबैध रुपमा बच्चा जन्माई जंगलमा फालेको आरोपमा दुइ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । गत कार्तिक ४ गते नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ४ को चुवा खोल्सा नजिक नाभी समेत नकाटिएको अवस्थाको साल–नाल सहितको नवजात शिशुको शव प्रहरीले फेला पारेको थियो ।
गर्भमै पूर्ण बिकसित भएको अर्थात् गर्भमै ९ महिना अवधि पुगेजस्तो देखिने नवजात शिशुको शव जंगलमा फेला परेसँगै प्रहरीले अनुसन्धानका क्रममा स्थानीय एक महिला र एक पुरुषलाई पक्राउ गरी थप अनुसन्धान चलाएको छ ।
पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका वडा नं. ४ शंखदेवकी ३९ बर्षीया महिला पुनीसरा गाहा र सोही ठाउँका ४२ बर्षका टकबहादुर घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बिशाल तामाङले बताए ।
दुबै जनालाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धि कसुर अनुसार अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->