पोखरा, १८ कात्तिक– पोखरा महानगरपालिकावडा नं. १७ डेभिजफल स्थित गुप्तेश्वर महादेव गुफाका संस्थापक सदस्य कुलचन्द्र पौडेल (हरिहरि बा) को आइतबार निधन भएको छ ।
७४ वर्षिय समाजसेवी तथा धार्मिक व्यक्तित्व पौडेलको ह्दयघातका कारण निधन भएको हो । उनको सोमबार रामघाटमा हिन्दु परम्परा अनुसार अन्तेष्टि गरिएको छ ।पौडेलका २ छोरा, २ बुहारी र ५ नाती नातिना छन् ।




