
पोखरा, १९ कात्तिक– गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभाप तिकुमार खड्काले पोखरा १९ मा निर्मार्णाधीन अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामीण सडकको अनुगमन गरेका छन् । सो सडकलाई राष्ट्रिय योजनामा पार्न महत्वपुर्ण भूमिका खेलेका सभापति खड्काले निर्मार्णाधीन कालोपत्रे सडकको अनुगमन गर्दै, सडकलाई टिकाउ बनाउनका लागि पानीको उचित निकास र पहिरो संभावित क्षेत्रमा मजवुत वाल हुनुपर्नेमा जोड दिए । अनुगमनका क्रममा पोखरा १९ का वडाध्यक्ष शोभा मोहन पौडेलले स्थानीय सरकार र उपभोक्ता समितिको निरन्तर पहलले सडक निर्माणले गति लिएको बताए । पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिव १२ किलो मिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्ड निर्माणको क्रममा छ ।




