बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालीगण्डकी करिडोरमा खटिएका कामदार पहिरोमा पुरिए

कालीगण्डकी करिडोरमा खटिएका कामदार पहिरोमा पुरिए

पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पहिरोमा पाँच जना पुरिएको आशंका गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७७, बुधबार
संकेतिक तस्विर

नवलपुर, १९ कात्तिक – कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदूर पहिरोमा पुरिएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ३ स्थित कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदू पुरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले आज साँझ करीब ५ बजे सो खण्डमा कार्यरत मजदूर ग्याबिनमा ढुङ्गा भर्दै गर्दा माथिबाट खसेको सुख्खा पहिराले पुरिएको जानकारी दिए । पहिरोमा कति जना पुरिएका छन् भन्ने यकिन नभएको उनको भनाइ छ । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।
पहिरोमा पाँच जना पुरिएको आशंका गरिएको छ । अहिले पहिरो पन्छाएर खोजी जारी रहेकाले यति नै पुरिएका छन् भन्ने यकिन नभएको बताइएको छ । अहिले सो स्थानमा प्रहरी कार्यालय बुलिङटारको प्रहरी टोली उद्धारमा खटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->