बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दी खोलाले बगाएर एक बेपत्ता

म्याग्दी खोलाले बगाएर एक बेपत्ता


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७७, सोमबार

म्याग्दी, २४ कात्तिक– पश्चिम म्याग्दीको मंगला गाउँपालिका वडा नं. ५ छिस्बाङमा एक यूवा बेपत्ता भएका छन् । सोमबार दिउँसो धान झाट्न टिकावाङबाट आएका अन्दाजी १६ वर्षीय शंकर बिकको म्याग्दी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको वडा अध्यक्ष भुपेन्द्र केसी क्षेत्रीले बताए ।
‘काम गर्न आएका थिए, गर्मी भयो भन्दै तीनजना खोलामा गएका रहेछन्’ केसीले भने । उनका अनुसार, खोलामा पौडी खेल्ने क्रममा विक बेपत्ता भएपछि बाहिर दुई जना बाहिर निस्किएका थिए । बेपत्ता विकको खोजीकार्य गरिएपनि पत्ता लाग्न सकेको छैन् । प्रहरी चौकी बावियाचौरबाट गएको टोलीसँगे खोजीकार्य गरेपनि फेला नपरेपछि गोताखोरको टोली ल्याउन पहल भइरहेको वडा अध्यक्ष केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->