बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्कीमा देउसी–भैलो खेल्न रोक

कास्कीमा देउसी–भैलो खेल्न रोक


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७७, मंगलबार

पोखरा, २५ कात्तिक– कास्कीमा यो वर्षको तिहारमा देउसी–भैलो खेल्न नपाइने भएको छ । संक्रमणको दर ह्वात्तै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै देउसी–भैलो खेल्न रोक लगाएको हो ।
नजिकिँदै गरेको तिहार, छठजस्ता चाडमा आवागमन बढ्ने तथा भीडभाडजन्य गतिविधिले थप जोखिम बढाउने भएकाले यस्तो निर्णय लिइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए । चाडपर्व मनाउँदा आफू रहेकै ठाउँमा परिवारका सदस्यसँग मात्रै मनाउन पनि प्रशासनले आग्रह गरेको छ । देउसी भैलो, मेलामहोत्सव तथा व्यापारिक केन्द्रमा भीडभाड नगर्न प्रशासनको आग्रह छ । प्रशासनले सधैँ झैँ चाडबाडको समयमा अतिसबाजि, पटका, झिरझिरे, भुइँचम्पा लगायतका विस्फोटजन्यपदार्थ ओसारपसार तथा बिक्री वितरण नगर्नको भनेको छ । प्रशासनको निर्णय अवज्ञा गरेको खण्डमा संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानूनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->