बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

किशोर–किशोरीलाई अनलाईन सुरक्षा ज्ञानको खाँचो

किशोर–किशोरीलाई अनलाईन सुरक्षा ज्ञानको खाँचो


  • खगेन्द्र पराजुली
  • कार्तिक २७ २०७७, बिहिबार

नवलपुर, २७ कात्तिक— बालबालिका तथा किशोर–किशोरीलाई इन्टरनेटमा सावधानी अपनाउन सुरक्षाका बारेमा सिकाउन आवश्यक देखिएको छ । कोभिडको महामारीका बेला बिद्यार्थीलाई अनलाईनमा सहभागी गराईरहँदा सकारात्मकका साथसाथै नकारात्मक प्रभाव समेत परेको एक कार्यक्रममा सहभागी बिद्यार्थी तथा सरोकारवालाहरुले बताएका छन् ।
देबचुली नगरपालिका वडा नं. १६ मा रहेको देवचुली माविका ३० जना बिद्यार्थीको सहभागिता रहेको एक दिने अनलाईन सुरक्षा सम्बन्धी तालिममा सहभागी किशोर–किशोरीबाटै नकारात्मक प्रभावको बारेमा प्रतिक्रिया आएपछि सरोकारवालाको समेत ध्यानाकर्षण भएको छ ।
अन्तरक्रियात्मक तालिममा सहभागी कक्षा ९ की बिद्यार्थी सबिता लामिछानेले अनलाईनमा समय बिताउदा उपयोगी र सकारात्मक ज्ञान, सीपका बिषयसँगै नकारात्मक असर पार्ने खालका सामाग्रीहरु पनि फेला पर्ने हुदा असुरक्षित महशुस भएको बताएकी छन् ।
उनले किशोर–किशोरीको उमेर जिज्ञासु, खोजमुलक र सिर्जनशील समेत भएकाले नौला र कहिल्यै नदेखेका नसुनेका बिषयबस्तु ईन्टरनेटका माध्यमबाट खोज्दा जस्ता खाले सामाग्री समेत हेर्न सक्ने भएकाले असुरक्षित महशुस भएको बताईन् ।
स्वयं बालबालिकाले ईन्टरनेट तथा अनलाईनवाट असुरक्षित महशुस गरेको सुनेपछि कार्यक्रममा उपस्थित ईलाका प्रहरी कार्यालय रजहरका असई शिवजी पन्तले अभिभावक तथा शिक्षकहरु यस बिषयमा गम्भीर हुनुपर्ने भन्दै बालबालिका तथा किशोर–किशोरीका गतिबिधिप्रति ध्यानपूर्वक निगरानी बढाउनुपर्ने बताए ।
उनले अहिले विद्यालयका कक्षाहरु समेत अनलाईनबाट भएकाले धेरै समय ईन्टरनेटमा बिताउँदा अभिभावकलाई आफ्ना बाबु–नानी पढ्न ब्यस्त रहेको भ्रम परिरहने तर उनीहरु ईन्टरनेटमा उपलब्ध हुने नकारात्मक सामाग्रीको क्षणिक मनोरञ्जनमा भुल्दा मानसिक रुपमा असर पर्नुका साथै अपराधिक तथा अनैतिक क्रियाकलापको दलदलमा फस्न सक्ने खतराको सम्भावना रहेकाले पनि ईन्टरनेट प्रयोगमा निगरानी राख्न आग्रह गरे ।
देवचुली माविका सहभागी किशोरीलाई रेजिना घर्ती मगर, सृजना अर्याल र रविना केसीले अनलाईन सुरक्षाका बारेमा सहजिकरण गरेका थिए । किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत आयोजित एक दिने तालिम जागृति बाल तथा युवा सरोकार नेपालले कन्नालन स्विजरल्याण्डसँगको साझेदारी तथा विद्यालयसँगको समन्वयमा सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->