बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुख्यमन्त्रीको शुभकामना सन्देश : स्वास्थ्य मापदण्डको पालना गरौं

मुख्यमन्त्रीको शुभकामना सन्देश : स्वास्थ्य मापदण्डको पालना गरौं


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७७, शुक्रबार

बागलुङ, २८ कात्तिक– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन् । बिहिबार तिहारको शुभकामना सन्देश दिँदै गुरुङले सरकारले तोकेका स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै पर्वहरु मनाउन सर्वसाधारणलाई आग्रह गरेका हुन् ।
तिहार पर्वले आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझै बढ्ने भन्दै गुरुङले शान्ति र सामाजिक न्याय सहितको समाज निर्माणमा यो पर्वलाई सदुपयोग गर्नुपर्ने उल्लेख गरेका छन् । कोभिड–१९ को महामारीका कारण हाम्रो परम्परा अनुसारका कृयाकलाप गरेर तिहार मनाउने वातावरण नहरेको भन्दै उनले परिवारका सदस्यमा सिमित रहेर तिहार मनाउन अपिल समेत गरेका छन् । सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, साबुपानीले हात धुने र भिडभाड नगर्ने जस्ता मापदण्डहरुको पालना गर्दै यो बर्षको तिहार मनाउन मुख्यमन्त्री गुरुङले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->