बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

युनाईटेड क्लबद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

युनाईटेड क्लबद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०७७, शनिबार

पोखरा, २९ कात्तिक– युनाईटेड क्लव पोखराले वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । क्लबले गर्दै आएको सामाजिक काम अन्तर्गत वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।
प्रहरी कार्यालयलाई मास्क, सेनिटाइजर, पन्जा, डिसइन्फेक्टेड सोलुसन लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको छ । युनाईटेड क्लवका पदाधिकारी सहितको टोलीले वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापालाई हस्तान्तरण गरेको हो । सो अवसरमा वोल्दै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रकाश थापाले युनाईटेड क्लवले सामाजिक काम मार्फत आफुलाई अगाडि वढाउदै आएको र अहिलेको विशम परिस्थितीमा वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि युनाईटेड क्लव संग सहकार्य गरेर अगाडि वढ्ने वताए ।
सो अवसरमा वोल्दै युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले वडा प्रहरी कार्यालयलाई हरेक वर्ष सहयोग गर्दै आइरहेको र अहिलेको विशम परिस्थितीमा समेत कोरोना महामारीमा अग्र पङ्तिमा रहेर काम गर्दै आइरहेको प्रहरीको सेवा अझै प्रभावकारी होस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री प्रदान गरिएको वताए । क्लवको सानो सहयोगले प्रहरीको दैनीकी कामलाई केही हद सम्म सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।
यसैविच युनाईटेड क्लवले तिहारको वेला प्रत्येक वर्ष आयोजना गर्दै आएको देउसीभैलो कार्यक्रम यसपालि कोरोनाको कारण स्थगित गर्दै सामाजिक सञ्जालबाटै रकम संकलन गरिएको क्लवका कोषाध्यक्ष सूर्य बहादुर वानियाले जानकारी दिए । हरेक वर्ष तिहारमा देउसीभैलो कार्यक्रमको आयोजना गरी विपद ब्यवस्थापन कोषमा रकम संकलन गर्दै आइरहेको भएतापनि यो वर्ष कोरोना महामारीका कारण देउसीभैलो कार्यक्रम आयोजना गर्न नसकेपछि क्लवमा आवद्ध सम्पूर्ण सदस्य तथा सल्लाहकारहरुलाई सामाजिक सञ्जालबाटै आफुले सकेको रकम प्रदान गर्न आग्रह गरिएको र सोही अनुरुप अहिले रकम संकलनको काम भइरहेको समेत वानियाले जानकारी दिए ।
विपद ब्यवस्थापन कोषबाट अहिले सम्म क्लवले धनगडी महानगरपालिका, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका १० र १२ लाई आर्थिक सहयोग समेत प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->