शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा दुई सङ्क्रमितको मृत्यु

पोखरामा दुई सङ्क्रमितको मृत्यु


  • संजय रेग्मी
  • कार्तिक २९ २०७७, शनिबार

पर्वत, २९ कात्तिक – कोरोना पोजेटिभ रहेको अवस्थामा थप दुई जनाको मृत्यु भएपछि गण्डकी प्रदेशमा सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक सय २३ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कास्कीका दुई जनाको मृत्यु भएको हो। उनीहरू पोखरा महानगरपालिका–२६ की ७२ वर्षीया महिला र वडा नं. १८ का ४८ वर्षीय पुरुष रहेका छन्।
कात्तिक २८ गते ती महिलामा सङ्क्रमणको पुष्टि भएकोमा त्यसको भोलिपल्ट शनिवार बिहान पौने आठ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ती महिलामा निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या रहेको पनि निर्देशनालयले जनाएको छ। यस्तै पोखरा–१८ का पुरुषको पनि शनिवार बिहान साढे नौ बजे उपचारकै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। कात्तिक २६ गते कोरोना सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा पनि निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या रहेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->