
पोखरा, ३० कात्तिक – समाज उपान्तरणको लागि अग्रणी भूमिका खेलिरहेको हाम्रो कास्कीकोट युवा संजालले रक्तदान सहितका कार्यक्रम गरि चौथों बार्षिकोत्सब सम्पन्न गरेको छ ।
बार्षिकोत्सबको अबसरमा संजालले कास्कीकोटममा रहेका पुरातात्विक सम्पदाहरु कास्कीकोट दरवार र गुप्तकालिका मन्दिर, गजल थुम्की, रुमाल झाक्री, कश्यपधाम, कश्यपताल, कुलमण्डन पार्क आदिको सरसफाई गरेको छ ।
सञ्जालले पहिलोपटक कास्कीकोटमै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेड्क्रस सोसाइटी कास्की शाखा, क्षेत्रीय रक्त संचार केन्द्रसँग समन्वय गरि उक्त कार्यक्रम सम्पन्न भएको हो । कास्कीकोटका विभिन्न क्षेत्रमा आबद्ध २० जना सामाजिक अभियन्ताहरुले रक्तदान गरेका थिए । रक्तदान ओम प्रसाद सुबेदी, बालाहरी शर्मा सुबेदी, जागृत भट्टराई, तेजेन्द्र पौडेल, आशिर्बाद सुबेदी, प्रकास त्रिपाठी, प्राप्ति त्रिपाठी, सोमनाथ अधिकारी, रोशन सुबेदी, बिजय अधिकारि, सोमनाथ भट्टराइ, सन्दिप अधिकारि, परमेश्वर सुबेदी, तिर्थराज सुबेदी, रमेश के.सी, हेम सुबेदी, चन्द्रेश्वर बस्ताकोटी, प्रेम प्रसाद सुबेदी र अर्जुन बहादुर अधिकारिले रक्तदान गरेका थिए ।
कास्कीकोटमै जन्मिएर यहीको सामाजिक संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमको प्रमुख आमन्त्रित व्यक्तित्व हुन पाउदा खुशी भएको डा. अशिम सुबेदीले वताए । उनले कोबिड १९ र यसको नियन्त्रणको बारेमा प्रकाश पारेका थिए ।
समापन कार्यक्रममा संजालले सथापनाकालिनदेखि संस्थालाई निरन्तर सहयोग गर्ने व्यक्तिहरुलाई प्रशंसा पत्र द्वारा सम्मान गरेको थियो । सम्मानित हुनेमा वडा नम्बर २४ का वडाध्यक्ष ओम प्रसाद सुबेदी, संस्थाका संस्थापकहरु बालाहरी शर्मा सुबेदी र रेशम गिरि, सामाजिक व्यक्तित्वहरु रमेश कार्की, रामचन्द्र सुबेदी, प्रदिप कुमार श्रेष्ठ थिए ।
यसैबीच, मधुमेह दिवसको अबसरमा कास्कीकोट सम्बद्ध चिकित्सक समुहका संयोजक डा. दिपक मल्लको प्राबिधिक सहयोगमा उपस्थित सबैको निशुल्क मधुमेह जाँच गरिएको थियो ।
संस्थाले बिगतदेखि निरन्तर कास्कीकोटको सामाजिक, सास्कृतिक, आर्थिक एवं पर्यटन बिकासमा महत्वपुर्ण भूमिका खेल्दै आइरहेको र आउदा दिनमा सबैसँग समन्वय गर्दै हरेक वर्ग लक्षित कार्यक्रम गर्ने जानकारी संस्थाका संयोजक हेम सुबेदीले दिए । रक्तदान एवं बार्षिकोत्सब समापन कार्याक्रममा स्वागत मन्तब्य संजालका सहसंयोजक एवं रक्तदान कार्यक्रमका इभेन्ट संयोजक रुद्र बहादुर कार्की ‘राजु’ले पारेका थिए भने कार्यक्रम संचालन संस्थाका ब्यबस्थापन संयोजक शालिकराम गिरि ‘शितल’ले गरेका थिए ।




