सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

दाजुभाई र दिदिवैनीको प्रगाढ समबन्ध बनाउने उज्यालो चाड तिहार

दाजुभाई र दिदिवैनीको प्रगाढ समबन्ध बनाउने उज्यालो चाड तिहार


  • सीताराम थापा
  • कार्तिक ३० २०७७, आइतबार

दाजुभाई र दिदि वैनीबीचको सम्बन्ध प्रगाढ बनाउने मिलन बिन्दुको रुपमा तिहार मनाउने गरिन्छ। हामीले यस चाडलाई समय सापेक्ष र स्वस्थकर पनि बनाउन आवश्यक छ। यस बर्ष विश्वभरी कोरोना महामारीका संक्रमणका कारण सरकारले जो जहाँ छ त्यही बसेर चाडबाड मनाउन आग्रह गर्दै आएको छ्र । आहा र चाहा भएर देउसी भैलो र भिडभाड गर्न मिल्दैन । जो जहाँ छ त्यहीं रहेर पनि तिहार मनाउँन बाध्य छौ ।
यसो नगर्दा तिहारको भोलिपल्ट वा तिहारको एक सातापछि अस्पताल दौडधुप गर्नु पर्ने अवस्था सृजना हुन सक्नेछ। दशैमा आफन्त आवात जावत नगर्ने भन्दाभन्दै कोरना सल्कियो, कतिको ज्यानै गयो। सानो साबधानि नगर्दा मानबिय, आर्थिक क्षति र दुख कष्ट सहन बाध्य भयौं। कति जिल्ला र स्थानिय निकायमा लकडाउन नै गर्नु परेको थियो। अबश्य तिहार पछि अस्पताल भरिन्छन। कोरनाले मात्र होईन, जताभावी अनियन्त्रित चिल्लो, पिरो, अल्कोहल र जंङ्गफुठ सेल रोटी, मिठाईहरु खानाले पनि तिहारपछि अस्पताल धाउने संख्या बढि हुने गरेको अध्ययनले देखाउदै आएको छ। तिहार अन्धकारबाट दिप प्रज्वलित गरि उज्यालोतर्फ लैजाने चाड हो। यसलाई समय, अवस्था र परिस्थिति बुझेर मानव समाजले यो चाड मनाऔं ।
विशेषगरी दिदीबैनीले आफनो दाजुभाईलाई भाईमसलाको रुपमा फलफुलहरु र काजु, बदाम, किसमिस, पेस्ता, ओखर दिने आफैमा राम्रो संस्कृति हो । यी भाईमसलाहरु सुक्ष्म पौष्टिक तत्वले भरिपूर्ण हुन्छन्। यो महंगो हुने भएकाले सधैं सबैले खान सक्ने अवस्था नभए पनि तिहारमा गक्ष अनुसार थोरै भएपनी सबैले खाईन्छ।
तिहारमा जुवा, तास, खेल्ने र धनको नासले जीवन बनवास हुने अवस्था आउन नदिन आफै स्वयं सजग हुनुपर्छ। यसलाई राज्यले पनि नियन्त्रण गर्नु बान्छनिय हुनेछ। यसतर्फ ध्यान दिनु पर्दछ । सवैमा तिहारको शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->